• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

      रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा

      सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

      भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला

    होमपेज /  पत्रपत्रिका

    ‘निजामती सेवा’ नाम परिवर्तनको बहस संसदमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २८, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५३४ पटक पढिएको
  • काठमाडौँ, २८ चैत । नेपालमा १० वर्षको सशस्त्र द्वन्द्वसँगै २०६२–०६३ सालको जनआन्दोलनपछि शासन व्यवस्था बदलियो । परिवेश बदलिए पनि कर्मचारीको आफ्नै मौलिकता झल्कने नाम नभएको भन्दै निजामती सेवा शब्दको विषयलाई लिएर बहस सुरु भएको छ । निजामती सेवाको नामको विषयलाई लिएर एक वर्षअघि मात्रै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेरिनुपर्ने बताएका थिए ।

    उनी सामान्य प्रशासनमन्त्री भएका बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएका थिए । निजामतीको सट्टा उनले लोकसेवा आयोगले कर्मचारीहरूको भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने प्रस्ताव पनि ल्याएका थिए । निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने उल्लेख छ ।

    राजाको सेवामा खटिनेलाई ‘निजाम्ती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएकाले गणतन्त्र स्थापनापछि पनि सो नाम सान्दर्भिक नहुने भन्दै निधिले नाम सच्याउने प्रस्ताव गरेका थिए । उनले उठाएको सो प्रसंग एक वर्षपछि नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले केही दिनअघि मात्रै निजामती सेवा विधेयकका विषयमा निजामती नाम परिवर्तन गर्नुपर्ने कुरा संसद्मा प्रवेश गराएका छन् । राजाको कामदारका रूपमा अहिले पनि कर्मचारीको नाम राखिएकामा नेता केसीले संसद्मा आपत्ति मात्रै जनाएनन् अब नाम फेर्ने बहसमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

    ‘निजाम भनेको डाइरेक्टरसिप, एउटा निश्चित समुदायको निजाम, सुल्तान, नबाब भने जस्तै उनीहरूको राज्यमा सञ्चालन गर्ने व्यवस्थापन निजामत हो,’ कांग्रेस नेता केसीले भने, ‘त्यसैले यो नेपालको परिवेशमा कुरा गर्दा यो विषय अत्यन्त गम्भीर विषय छ, यसलाई नागरिक प्रशासन र सार्वजनिक सेवाको नाम दिन सकिन्छ ।’

    नेपालमा गणतन्त्र स्थापना भएपछि शाही नेपाली सेनाको नाम बदलिएर नेपाली सेना, शाही नेपाल वायुसेवा निगमबाट नेपाल वायु सेवा निगम, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नेपाल प्रज्ञा प्रतिष्ठान र शाही औषधि लिमिटेडबाट नेपाल औषधि लिमिटेड, रोयल नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीबाट रोयल शब्द हटिसकेको छ ।

    तर, कर्मचारीलाई सम्बोधन गर्ने निजामती सेवाको नाम भने अझै फेरिनसकेको छैन । गणतन्त्र स्थापनापछि प्रस्ट बुझिने नाम शाही शब्द हटे पनि उर्दु भाषाबाट आएको निजामती शब्द हटाउने विषयमा सरकारले चासो नदेखाएपछि संसद्मा कांग्रेस नेता अर्जुननरसिंह केसीले निजामती नाम फेर्ने प्रस्ताव ल्याएका छन् ।

    भारतको आन्ध्रप्रदेश, कर्णाटक र महाराष्ट्रमाथि सन् १७२४ देखि १९४८ सम्म हैदराबाद रियासतको हुकुमत रह्यो । रियासतका शासक निजाम भनिन्थे । सन् १७९८ मा इस्ट इन्डिया कम्पनीले हैदराबाद रियासतलाई आफ्नो मातहत ल्यायो । आन्तरिक मामिलामा निजामको नियन्त्रण कायमै राखिएको थियो । सो अवधिमा सात जना निजामले रियासत चलाएको इतिहास छ ।

    भारतमा हैदराबादका निजामहरूले आफ्ना राज्यकर्मीलाई निजामी भन्ने गर्थे । सोही भाषाको प्रयोग नेपालमा राणा प्रधानमन्त्रीले कर्मचारी व्यवस्थापन गर्दा निजामती प्रयोग गरेको मानिन्छ । राणा शासनको प्रारम्भबाट सुरु भएपछि मुलुकी नामले चिनिन्थ्यो । २००९ सालको बुच कमिसनले निजामती सेवा नाम सिफारिस ग¥यो र २०१३ सालमा निजामती सेवा ऐन आयो ।

    नेपाली बृहत् शब्दकोशमा निजामतीको अर्थ जंगीबाहेक सरकारी प्रशासन भन्ने बुझिन्छ । निजामती शब्द निजायत (ना)सँग सम्बन्धित छ । निजायतको अर्थ घरायसी, घरव्यवहार, निज वा व्यक्तिगत कामका लागि भन्ने बुझिन्छ । निजामती शब्दको ब्युत्पत्ति र यसको अर्थ हेर्दा सार्वजनिक भन्ने बुझिँदैन । यसलाई बृहत् नेपाली शब्दकोशले श्री ५ को सरकारको सेवाको मौलिक अर्थमा अथ्र्याएको छ । निजामती शब्दले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि निरन्तरता पाइरहेको छ ।

    किताबखाना स्थापना पनि राणा शाासनका बेलामा भएको पाइन्छ । जंगबहादुर राणा प्रधानमन्त्री भएपछि कार्यालय र कर्मचारीको संख्या बढ्दै गयो । जब कर्मचारीको संख्या बढ्दै गयो, त्यसपछि जंगबहादुरको आदेशमा कर्मचारीको अभिलेख राख्नका लागि मुलुकी किताबखाना १९०५ सालमा स्थापना भयो । सोही बेलादेखि अहिलेसम्म पुरानै नामले किताबखाना चलिरहेको छ ।

    मुलुकी किताबखानाको नामले स्थापना भएको यस निजामती किताबखानाको नाम १९३३ सालमा कमान्डरी किताबखाना राखियो । २०२३ सालमा पुनः यसको नाम परिवर्तन भई ‘हालतक निजामती किताबखाना’ भन्ने नाम कायम राखियो । त्यसपछि ‘हालतक’ शब्द हटाएर निजामती किताबखाना राखिँदै आएको छ । जुन नामले अहिले पनि निरन्तरता पाइरहेको छ । गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा भइसक्दा पनि १ सय ६९ वर्ष पुरानो किताबखानाको नाम निजामती किताबखाना नै रहेको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑