• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  पत्रपत्रिका

    नाउपामा झनझन चर्किंदै विवाद: आफ्नै पार्टी कार्यालयमा कुटिए नेताहरू

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र २०, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२५ पटक पढिएको
  • setokhabar

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच नै कुटाकुट भएको हो । रेशमलाल र रञ्जिता श्रीमान्–श्रीमती हुन् ।

    काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठक बस्नुअघि भइरहेको छलफलका क्रममा आफूहरूमाथि कुटपिट भएको संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए । पत्रकार सम्मेलनमार्फत विश्वकर्माले आफूहरूलाई कुटपिट गरिएको र ज्यान मार्ने धम्की दिइएको बताएका छन् ।

    पार्टी कार्यालयको मूलढोका बाहिरबाट बन्द गरेर आफूहरूमाथि भौतिक आक्रमण भएको उनले बताए । विश्वकर्माले प्रधानमन्त्री निवास बालुवाटार गएमा बाहिर निस्किँदा पिट्ने धम्की दिएको र सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढल्यो भने हत्यासमेत हुनसक्ने भनेर चौधरीले धम्की दिएको बताए । यद्यपि, चौधरीले माफीसमेत मागेको विश्वकर्माले बताए ।

    ‘घरको एक्जिट ढोका बाहिरबाट बन्द थियो, संस्थापक केन्द्रीय सदस्यबाहेक बाहिरका मान्छेहरू पनि थिए, त्यसैले उहाँ (रेशम चौधरी)ले सुनियोजित ढंगले आक्रमण गराएको हो भन्ने लाग्छ,’ विश्वकर्माले भने, ‘हामीलाई ज्यान मार्ने धम्कीसमेत दिइएको छ ।’

    नाउपाका अर्का संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले बैठक बिहान ८ बजे बोलाइएको तर अध्यक्ष श्रेष्ठ आइपुग्न केही ढिला हुने भएपछि आफूहरू संरक्षक चौधरीसँग अनौपचारिक छलफलमा रहेकै बेलामा कुटपिट भएको बताए ।

    ‘रेशम दाइसँग पार्टीको अबको बाटो के हुने भनेर छलफल गरिरहेका थियौं, संघ र प्रदेशमा फरकफरक गठबन्धनलाई साथ दिन नैतिकताले दिँदैन भनिरहेका थियौं, संघ र प्रदेशमा एउटै गठबन्धनमा सहभागी होऔं भनिरहेका थियौं,’ थारूले भने, ‘महाधिवेशनबाट निर्वाचित भएका तर निर्वाचन आयोगले मान्यता नदिएका केन्द्रीय सदस्यलाई वैध बनाउने उपाय र पार्टीमा अहिले देखिएका विवादको विषयमा छलफल गरिरहेका थियौं, त्यसैक्रममा रेशम दाइकै उपस्थितिमा दुर्घटना घट्न गयो, दुःखद् घटना घट्यो, नघट्नुपर्ने घटना घट्यो ।’

    अध्यक्ष श्रेष्ठ आफूमाथि आक्रमण भएको आधा घण्टापछि आइपुगेको उनले बताए । त्यतिबेलासम्म आफ्नै पार्टी कार्यालयमा आफ्नै नेताहरूको संलग्नतामा आफूहरूमाथि कुटपिट गर्ने काम हुनुले आफूहरू असुरक्षित रहेको उनले बताए । महाधिवेशनले चयन गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधता नदिएपछि नाउपामा संस्थापक केन्द्रीय समिति क्रियाशील छ । तर, सोमबारको बैठकस्थलमा भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरू पनि उपस्थित भएको थारूले बताए ।

    ‘उहाँहरू किन आउनुभयो ? कसरी आउनुभयो ? त्यो थाहा भएन, तर उहाँहरूले यो पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको मात्रै होइन, हाम्रो पनि हो भन्न थाल्नुभयो,’ थारूले भने, ‘हामीले त्यस्तो कहिल्यै भनेकै थिएनौं, बरु उहाँहरूलाई वैध बनाउने उपाय खोजिरहेका छौं ।’

    तर, उनीहरू एक्कासि आक्रमणमा उत्रिएको थारूले बताए । ‘रेशम चौधरीकै उपस्थितिमा आक्रमण हुनु भनेको सुनियोजित हो भन्ने लाग्छ,’ उनले भने । नाउपामा पछिल्लो समय चौधरी र श्रेष्ठ पक्षबीच विवाद चर्किंदै गएको छ । अध्यक्ष श्रेष्ठ संघदेखि प्रदेशसम्म एउटै गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् । सोहीनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिलाएकी छन् । उनी सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनलाई सघाउनुपर्ने पक्षमा छिन् ।

    तर, पार्टीका संरक्षक रहेका चौधरी भने संघमा कुनै गठबन्धनमा लाग्न नहुने र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा छन् । सोहीनुसार उनले सरकारमा आफूनिकटका मन्त्रीहरू पनि पठाएका छन् । ती मन्त्रीलाई फिर्ता आउन र सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठले निर्देशन दिँदै आएकी छन् ।

    नाउपा गठन हुँदा संरक्षकमा चौधरी र अध्यक्षमा श्रेष्ठ थिए । पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्ष चयन गरेको थियो । नयाँ केन्द्रीय समिति पनि निर्वाचित गरेको थियो । त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिइएको थियो । तर, आयोगले चौधरी अध्यक्ष हुन नसक्ने निर्णय गरेको थियो । जसकारण अहिले नाउपामा पुरानै केन्द्रीय समिति ब्युँतिएको छ । जसको अध्यक्ष श्रेष्ठ हुन् । उनले सोही समितिको बैठक राखेर निर्णय गर्दै आएकी छन् ।

    यता, नाउपाका संरक्षक चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पु¥याएको जनाएका छन् । उनले आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले ‘ज्यान मार्ने धम्की’ दिएको भन्ने भ्रामक कुरा फैलाएको जनाएका छन् ।

    ‘पार्टीको बैठकमा कसले कसलाई हातपात ग¥यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन्, जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूका पछाडि हामी लाग्दैनौं, अनावश्यक हो हल्लाको पछि नलागौं, २३ र २४ चैतमा हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्विकार्ने हो, पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो,’ घटनापश्चात चौधरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार बिहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको भने स्पष्ट पारेका छन् । ‘सरकारमा जाने नजाने विषयमा वादविवाद भएको साँचो हो, महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरूले हैसियत पनि खोज्नुभएको साँचो हो, हैसियत खोज्दा वादविवाद भएकै हो, तर बैठकमै सहभागी भएका साथीहरूले भ्रामक कुरा फैलाउनुभयो,’ संरक्षक चौधरीले भने, ‘मलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले त्यस्ता भ्रम फैलाइरहेका छन् ।’

    उनले पार्टीभित्रको आन्तरिक विवादले आफूले तीन महिनादेखि राम्रोसँग खाना खान नसकेको दुखेसो गरेका छन् । उनले एमाले–माओवादी गठबन्धनले नाउपा चलाउन खोजेको आरोपसमेत लगाए । उनले पार्टी संस्थापक अध्यक्षसमेत रहेकी श्रीमती श्रेष्ठलाई पदीय लोलुपतामा फसेको आरोप लगाए । अर्काको इशारामा चल्ने सबैलाई कारबाहीको चेतावनीसमेत उनले दिए । चौधरीले पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । यही २३ र २४ चैतमा केन्द्रीय समितिको बैठक चौधरी पक्षले बोलाएको छ । सोही बैठकबाट पार्टीको निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही पनि हुने चेतावनी उनले दिएका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑