• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  पत्रपत्रिका

    प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचन: सत्तारूढ दलमै जुटेन सहमति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र १४, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३९५ पटक पढिएको
  • काठमाडौँ, १४ चैत । आगामी १५ वैशाख २०८१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य उपनिर्वाचन’bout साझा उम्मेदवार उठाउने’bout सत्तारूढ दल विभाजित देखिएका छन् । सत्तारूढ दलबाट साझा उम्मेदवार उठाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भए पनि सहमति जुटन सकेको छैन ।

    नेपाली कांग्रेससहित पुरानो गठबन्धन भत्काउँदै अहिले नयाँ गठबन्धन बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितको नयाँ गठबन्धन बनेको छ । तर, यस गठबन्धनका शीर्ष नेता अगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवार उठाउने’boutमा विभाजित भएका छन् ।

    १५ वैशाखमा इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ–१ को (क)मा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभा सदस्य इलाम–२ मा सुहाङ नेम्वाङ र प्रदेशसभा सदस्य बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गत आइतबारको सचिवालय बैठकबाट गरिसकेको छ ।

    इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवासको निधन भएपश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको थियो । स्वयं सुहाङले पनि त्यसका लागि सक्रियता देखाइरहेका थिए ।

    ४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनमा इलाम–२ मा सुवास नेम्वाङ विजयी भएका थिए । सोही कारण सो क्षेत्रमा एमालेले सुवासपुत्र सुहाङलाई उम्मेदवार बनाएको हो । तर सत्तारूढ गठबन्धनमै रहेको एकीकृत समाजवादीले इलाम–२ मा झलनाथ खनाललाई उम्मेदवार उठाउन खोजेको छ ।

    बझाङ–१ को (क)मा प्रदेशसभा सदस्य उम्मेदवार जसरी पनि उठाउने तयारी गरेको एकीकृत समाजवादीले सो’boutमा समाजवादी मोर्चा र माओवादी केन्द्रसँग छलफल गर्ने जनाएको छ ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसरी पनि बाझाङमा उम्मेदवार उठाउने जनाएका छन् । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बझाङमा जसरी भए पनि आफ्नो पार्टीले उम्मेदवारी दिने उद्घोष गरेका छन् । अहिलेको सत्तारूढ दलमा सहमति भए सहमतिकै आधारमा, नभए पार्टीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी प्रतिस्पर्धामा जाने उनले जनाएका छन् ।

    अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलसँग सहकार्य गर्ने नभए एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए । उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने बताए ।

    सत्तारूढ दलमा रहेको एमाले र एकीकृत समाजवादी जसरी पनि उम्मेदवारी दिने निष्कर्षमा पुगिसकेका छन् । एमालेले उम्मेदवार टुंगो लगाइसकेको छ भने एकीकृत समाजवादीले अहिले छलफल गर्दै उम्मेदवार टुंगो लगाउने जनाएको छ ।

    उता, सत्तारूढ दलमै रहेको रास्वपा र जसपा पनि उम्मेदवारी उठाउनेगरी तयारीमा जुटेका छन् । माओवादी केन्द्र र जसपा भने उम्मेदवार नउठाइ सत्तारूढ दललाई नै समर्थन गर्ने आन्तरिक निष्कर्षमा पुगेका छन् । तर, एकीकृत समाजवादी र रास्वपा भने जसरी पनि उम्मेदवार उठाउने निष्कर्षमा पुगेका छन्् ।

    सत्तारूढ दलबाट साझा उम्मेदवार उठाउने’bout प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एक चरणको छलफल भएको छ । तर, तीन नेताबीच भएको छलफलमा कुनै सहमति हुन सकेको छैन ।

    एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दैगर्दा एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसरी नहुने संकेत गरिसकेका छन् । प्रचण्ड, ओली र नेपालकै बीच सहमति हुन नसकेको अवस्थामा उता सत्तारूढ दलभित्रै रहेको रास्वपा भने उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारीमा रहेको छ ।

    नेपाली कांग्रेसले इलाममा जनजाति पृष्ठभूमिका नेताको खोजी गर्दै छ । जनजातिको मत तान्न र अहिले कोशी प्रदेशमा पहिचानवादीको आन्दोलन जारी रहेकै बेला सोही समुदायका उम्मेदवार खडा गर्न सकेको खण्डमा पार्टी विजयी हुने कांग्रेसको बुझाइ छ ।

    त्यस्तै, सत्तारूढ दलभित्रै साझा उम्मेदवारका ’boutमा टुंगो लाग्न नसकेको अवस्थामा कांग्रेसले सजिलै विजय हासिल निकाल्नसक्ने मूल्यांकन कांग्रेस शीर्ष नेताहरूको रहेको छ । पहिचानवादी समूहबाट एकभन्दा बढी उम्मेदवार हुनु र सत्तारूढ दलले साझा उम्मेदवार दिन नसक्नु नै कांग्रेस उम्मेदवार सजिलै विजयी हुने लक्षण भएको भन्दै नेपाली कांग्रेस यसमा ढुक्क छ ।

    उता, प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा भएको छलफलमा संघीय सरकार, उपनिर्वाचन र प्रदेश सरकार हेरफेरका ’boutमा छलफल भए पनि सहमति जुट्न नसक्दा सत्तारूढ गठबन्धन उपनिर्वाचनमै विभाजन हुनसक्ने चर्चासमेत हुन थालेको छ ।

    आगामी २०८४ सालको आमनिर्वाचनसम्मै गठबन्धन बनाएर अगाडि बढ्ने सत्तारूढ दलका नेताहरूले बताउँदै गरेको भए पनि उनीहरूका बीचमा सहमति हुन नसक्दा उपनिर्वाचनमै गठबन्धन फुट्ने खतरा बढिरहेको छ । यस्तै, प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा समेत सत्तारूढ दलबीचमा सहमति जुट्न सकेको छैन । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑