• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

      फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

    होमपेज /  लेख/साहित्य

    फेरिएको सत्ता गठबन्धनको सन्देश

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र ९, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०२२ पटक पढिएको
  • काठमाडौँ / डा. सुरेश आचार्य । पुरानो सत्ता गठबन्धन भत्कियो र नयाँ गठबन्धनको सरकारले राज्यसत्ता शुरु गरेको छ । सत्ता राजनीतिको खेल कसले कति बेला खेल्छ, संसदीय लोकतन्त्रमा यो अनौठो अभ्यास होइन । कसैले पनि बहुमत नल्याउने संसदले बनाउने सरकारको आयु कुनै ज्योतिषीले तोकेर पनि ठेगान हुँदैन ।

    राजनीति सत्ताका लागि मात्र हो भनी ठान्ने प्रवृत्ति अर्थात् सत्ताको मनोरोगमा बाँच्नेहरुका लागि यो सामान्य खेल हो । यो मनोरोग नेपालका सन्दर्भमा कुनै दलविशेषका लागि मात्र प्रयुक्त हुने अवस्था छैन । मतदाताले मलाई बहुमत दिएनन् भन्नुको अर्थ मैले प्रतिपक्षी बन्नुपर्छ भन्ने जनादेश हो भन्ने नलागुञ्जेल संसदमा पुग्ने हरेक दललाई सरकार चलाउने रुचि र चाहना बढ्नु स्वाभाविक हो । पछिल्लो सत्ता खेलमा संसदको चौथो पार्टीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको हल्लाको मनोविज्ञान पनि यही हो ।

    प्रतिनिधिसभाको वर्तमान संरचनामा यो तेस्रो सत्ता गठबन्धन मात्र हो र यो नै यो संसदको अन्तिम खेल होइन । चौथो सत्ता गठवन्धन बन्दै गर्दा अहिले सुताइएकाहरु जुरुक्कै उठ्ने र अहिले गर्धन फुलाएकाहरु सुकेनास लागेजस्तै सुक्ने अवस्था आयो भने फेरि त्यो पनि अस्वाभाविक हुने छैन ।

    सत्ता खेल आन्तरिक राजनीतिको उपज झैं कसैलाई लागेको छ भने त्यो स्वाभिमानी र केही हदमा राष्ट्रवादी सोच हो । घटना मुलुकभित्रै भएको हुन्छ, तर त्यसको डिजाइन अन्यत्र नै हुने गर्छ । यस्तो डिजाइन घटनाका बेला ठ्याक्कै प्रतिविम्बित नहुन सक्छ तर त्यो सबैमा प्रतिध्वनित हुने गर्छ । खेल कसले शुरु ग¥यो भनेर सबैले बुझेकै हुन्छन् । बहुमतको सरकारलाई पाँच वर्ष निरन्तरता दिन नसकेको नेपाली कांग्रेस पार्टी आफैंले हो । अरुले त्यो अवसर अहिलेसम्म पाएका छैनन् ।

    नेपालमा किन बहुमतका सरकार टिक्न सक्दैनन् ? राजनीतिक दलहरुले यसको जवाफ दिन नसक्नुको अर्थ नै नेपालको स्वाभिमानी राजनीतिमाथि उठ्ने गम्भीर प्रश्न हो । प्रत्यक्ष वा परोक्ष रुपमा अन्यत्रै बन्ने डिजाइनहरु यसका कारण हुन् । अहिलेको निर्वाचन प्रणालीले कुनै पार्टीलाई बहुमत दिलाउन कठीन भएको यथार्थ हो तर बहुमत पाएका सरकार नटिक्ने अवस्थामा निर्वाचन प्रणाली मात्रैलाई दोष दिनुको के औचित्य रहन्छ र ?

    २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा प्रवेश गर्दै गर्दा एमाले र माओवादी दुई अलग दल थिए । त्यसपछि दुई पाइलटले हाँक्ने उद्घोषका साथ यी दुई दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्यो र त्यो संसदमा नेकपाको एकल बहुमत पुग्यो । तर नेकपाको सरकार किन दोस्रो वर्षदेखि नै धरमरायो र तेस्रो वर्षमा दुर्घटनामा प¥यो ? अहिलेको पुस्ता आफैं ती परिघटनाको प्रत्यक्ष साक्षी छ । ती घटनाका नायक र खलनायकहरुको भूमिका फेरिएको छ, तर पात्रहरु फेरिएका छैनन् । घटनाको पुनरावृत्ति त्यसकारण जारी छ र यसलाई अस्वाभाविक मान्नुपर्ने कुनै कारण छैन ।

    २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । त्यसकारण पार्टी एकता भए वा नभए पनि यी दुई दलको सरकार बन्नु स्वाभाविक थियो । संसदको अंकगणितले त्यो यथार्थलाई अझ पुष्टि गरेको थियो । दुई पार्टी बीचको एकीकरणपछि तत्कालीन सत्ता ती दुई दलको अधिकार नै थियो । अरु विकल्प नै थिएन । तर जब सत्ता राजनीतिको महत्वाकांक्षाले त्यसलाई निरन्तरता दिने सम्भावना रहेन र जस्ता खालका घटना भए, त्यसपछि अनुमानभन्दा बाहिरबाट नयाँ गठबन्धन बन्यो । त्यो गठबन्धन निर्वाचनसम्म गयो र त्यही गठबन्धनले सामान्य बहुमत पु¥याउन सक्ने अवस्था रह्यो । तर निर्वाचनपछि त्यस्तो भएन । त्यही गठबन्धनले सरकार बनाउने स्वाभाविक अनुमान विपरीत नयाँ गठबन्धन बन्यो ।

    आजको सत्ता गठबन्धन त्यसबेलै एकपटक बनेर डेढ महिनाकै अन्तरालमा भत्किएको एक वर्ष मात्रै भएको छ । अहिले फेरि त्यही गठबन्धन दोहोरिएको छ । त्यसकारण यो कुनै अनौठो घटना होइन । केवल यो कति स्वाभाविक भयो भन्ने हो ।

    यो गठबन्धन अस्वाभाविक जस्तो लाग्ने कारण नेकपा विघटनदेखि संसद विघटनसम्मका घटनाक्रम र त्यसले खडा गरेको नयाँ परिवेश हो । जुन परिस्थितिमा निर्वाचन अघि गठबन्धन बन्यो, २०७९ को निर्वाचनमा त्यही गठबन्धनले निरन्तरता पायो । निर्वाचनमार्फत त्यो गठबन्धन जनमतबाट सत्ता सञ्चालनका लागि अनुमोदित पनि भयो । शुरुमै निर्वाचन प्रयोजनका लागि मात्रै यो गठबन्धन हो भनिएको भए कसैले कुनै प्रश्न उठाउने थिएन । तर पटक पटक फेरबदल हुँदै गरेको गठबन्धन अस्वाभाविक लाग्ने कारण र उठ्ने प्रश्न यति मात्रै हो — सत्ता स्वार्थमा जनमतको अनादर गर्ने छुट कुनै दल वा नेता विशेषलाई हुन्छ कि हुँदैन ? अन्यथा प्रधानमन्त्रीले भन्नुभए झैं राजनीतिक रसायनका हिसाबले कम्युनिष्टहरु एक ठाउँमा उभिनु नै बढी स्वाभाविक हुन्छ । यद्यपि, यो वृहत कम्युनिष्ट एकताको ‘फेस सेभिङ’ त कति काम गर्ला, नगर्ला तर कम्युनिष्ट सरकारको पुनरागमन चाहिँ पक्कै भएको छ । किनभने सरकारमा गएका तर राजनीतिक लिङ्ग नखुलेका दलहरुले प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाएको देखिएको छैन । प्रकारान्तरमा उनीहरु पनि कम्युनिष्ट नै भएको मान्नु पर्छ ।

    यो कति टिक्ने गठवन्धन हो ? आजै यो प्रश्न उठाउनु अराजनीतिक विश्लेषण जस्तो पनि देखिन सक्छ । तर एमालेले सरकारमा पठाएका मन्त्रीहरु हेर्दा पार्टीका कमजोर मानिस मात्र छन् । जुन पात्रलाई विश्वास गरेर सरकारमा पठाइएको छ, एउटा कोणबाट केपी शर्मा ओलीले नयाँ पुस्तालाई अवसर दिएको भनेर पनि भन्न सकिन्छ । तर जुन प्रयोजनका लागि एमाले सरकारमा गएको छ, त्यो उद्देश्य प्राप्ति गर्ने खालका मानिस रोजिएको छैन । नेकपा समाजवादीका माधवकुमार नेपाललाई सत्तामा नहुँदा ओलीले सबै सांसद चोर्ने पीडाले सत्तामा पु¥याएको छ, त्यसमा मेटमणिहरु सहमत हुन सकेका छैनन् । झलनाथ खनालले इलाम उपनिर्वाचनमा सहयोग नपाउदा अर्को बबण्डर शुरु हुने निश्चित छ ।

    गठबन्धनका बारे शंका गर्न छाडेर सैद्धान्तिक आधारमा बहस गर्ने हो भने राजनीतिक चरित्रका आधारमा पार्टी एकता वा गठबन्धनका अभ्यास नै स्वाभाविक लाग्छन् । वर्तमान संसदको संरचनामा को कति संख्यामा छ र कसको सरकार बन्न सक्छ भन्ने अंकगणित छाडेर भोलिका लागि स्वाभाविक राजनीतिको ‘कोर्ष’ तय गर्ने हो भने लोकतन्त्रवादी र कम्युनिष्टहरुका अलग गठबन्धन नै उपयुक्त राजनीतिक बाटो हुन सक्छ । तर समस्या कहाँनेर छ भने लोकतन्त्रवादी जस्ता लाग्ने दलहरुमा सैद्धान्तिक रुपमा नै ठूलो अन्तर छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लोकतन्त्रवादी मान्दै गर्दा उसको दक्षिणपन्थी धारसँग नेपाली कांग्रेस नजिक हुने ठाउँ छैन । त्यति मात्रै होइन, लोकतन्त्रवादी मूलतः कांग्रेसलाई कमजोर बनाउन कम्युनिष्टलाई मित्र ठान्ने प्रवृत्तिमा राप्रपामा कुनै परिवर्तन आएको देखिदैन । मधेशको राजनीतिले जन्माएका नयाँ दलहरुको राजनीतिक आदर्शका बारे प्रष्टता छैन । पार्टी नेतृत्व गर्ने व्यक्ति कुनै बेलाको कम्युनिष्ट भएका कारण बेलाबखत त्यो पार्टी कम्युनिष्ट जस्तो प्रतीत हुन्छ । सत्ता स्वार्थमा ऊ लोकतन्त्रवादीसँग पनि लहसिएकै हुन्छ । ठीक उही रुप कुनै बेला लोकतन्त्रवादी पार्टीमा रहेको नेतृत्व भएका कारण त्यो पार्टी लोकतन्त्रवादी जस्तो लाग्छ तर लोकतन्त्रवादीलाई कमजोर बनाउन ऊ कम्युनिष्टसँग पनि मिलेकै हुन्छ ।

    तुलनात्मक रुपमा कम्युनिष्ट पार्टीहरुमा यो समस्या कम छ । एक त उनीहरु नामले नै एउटै गोत्रका जस्तो देखिन्छन् । यद्यपि, सत्ता र नेतृत्वको स्वार्थका हिसाबले उनीहरुका आदर्श, मूल्य र मान्यतामा विविधता छ र त्यही कारण हरेक पार्टीले नामको पछाडि कुनै पुच्छर जोड्नै पर्ने अवस्था छ ।

    कम्युनिष्टहरुको विश्वभर नै एउटै झण्डा हुने भएका कारणले पनि उनीहरुको एकता सधैं स्वाभाविक देखिन्छ । सत्ता प्राप्तिको रणनीति फरक भए पनि राजनीतिक दर्शनमा खासै भिन्नता छैन । चरित्रगत हिसाबमा कोही उन्नाइस वा बीस हुन सक्छन्, उनीहरुमा धेरै अन्तर देखिदैन । त्यसैले संसदमा रहेका वा नरहेका कम्युनिष्टहरुको एकता गराउन सक्नुभयो भने प्रधानमन्त्रीले भन्नु भएझैं बृहत् कम्युनिष्ट एकता स्वाभाविक हुनेछ र उहाँले फेर्नु भएको गठवन्धनको औचित्य पुष्टि हुनेछ । अन्यथा उहाँको खेल सत्तामा टिकिरहने षडयन्त्र मात्र होइन, कांग्रेसले निर्णय गरे जस्तै राजनीतिक बेइमानी पनि हो ।

    नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको हिमायती हुँदै गर्दा मध्यमार्गी (लिवरल) पार्टी जस्तो देखिन्थ्यो । एकातिर समाजवादको लक्ष्य अर्कातिर संवैधानिक राजतन्त्र । तर आज ऊ गणतन्त्रवादी दल हो । गणतन्त्रलाई स्वीकार गर्ने सबै राजनीतिक दल वामपन्थी हुन् । त्यसकारण कांग्रेस पनि वामपन्थी दल हो । अर्कातिर कम्युनिष्टहरु पनि लोकतन्त्रवादी बन्दै गएका छन् । अधिनायकवादको धङधङीबाट माथि उठ्दैछन् । यदि गणतन्त्रलाई मन, वचन र कर्मले राजनीतिक पद्धतिका रुपमा स्वीकार गरेको हो र मुलुकको हित चाहने हो भने वामपन्थी एकता सबैभन्दा स्वाभाविक हुनेछ ।

    यो मुलुकमा जहिले पनि राजनीतिक प्रणालीमाथिको अस्थिरता र चुनौती दक्षिणपन्थीबाट हुने गर्छ । जनमतका हिसाबले यो शक्ति अत्यन्त कमजोर छ तर वामपन्थी शक्तिहरु यसबाट अनाहक त्रसित हुँदै आएका छन् । कुनै एउटा अमूक व्यक्ति दक्षिणपन्थीको सहारा खोज्दै अराजकता मच्चाउन शुरु गर्छ, त्यसपछि हामी प्रतिगमनकारी सल्बलाएको ठान्न थाल्छौं ।
    कम्युनिष्ट नामकै वामपन्थीहरु एक हुन नसक्ने अवस्थामा सबै गणतन्त्रवादी एक हुन सहज चाहिँ छैन । लोकतन्त्रवादीलाई कमजोर बनाउने सर्तमा कम्युनिष्टहरु दरबारलाई सघाउन तयार भएका दर्जनौं राजनीतिक घटनाक्रम छन् । कांग्रेसलाई सदाबहार दक्षिणपन्थी देख्ने कम्युनिष्टहरु पनि छँदैछन् । त्यसैले न्यूनतम साझा सहमतिका आधारमा गरिने लोकतन्त्रवादी वा कम्युनिष्ट दलहरुबीच एकता वा गठबन्धनले दलीय राजनीतिलाई सङ्लो बनाउन सहयोग पु¥याउँछ । तिक्तताको राजनीति त्यागेर जनमतका आधारमा कम्युनिष्ट वा लोकतन्त्रवादीको सरकार बनाउनेतिर जानु नै श्रेयस्कर हुनेछ ।

    ब्रेकर : संसदको संरचनामा को कति संख्यामा छ र कसको सरकार बन्न सक्छ भन्ने अंकगणित छाडेर भोलिका लागि स्वाभाविक राजनीतिको ‘कोर्ष’ तय गर्ने हो भने लोकतन्त्रवादी र कम्युनिष्टहरुका अलग गठबन्धन नै उपयुक्त राजनीतिक बाटो हुन सक्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट…

    रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको…

    फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑