सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी । महोत्तरीको बर्दिबास वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका भेटिएको छ ।
महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनापछि मतपेटिका भेटिएको हो ।
बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् ।
बर्दिबास ८ अन्तर्गत बेलगाछी( ६ को २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को बाकस अर्कै वडाकोमा फेला परेको तामाङले बताइन् ।
छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा