सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, ५ जेठ । सूर्यविनायक नगरपालिकाको मयेर र उपमेयरमा एमाले विजयी भएको छ ।
नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहपालिका समेत रहेको सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा बाशुदेब थापा निर्वाचित हुनुभएको छ भने उपमेयर पदमा एमालेकै सरिता भट्टराई विजयी हुनुभएको छ ।
मेयरमा निर्वाचित थापाले १४७५८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुंगेलले १३२३२ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयर मा भट्टराईले १४४९० मत प्राप्त गरेकी छिन भने गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) का श्याम सुन्दर बस्नेतले ६६६१ मत प्राप्त गरे ।
नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ विजयी हासिल गरेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा