सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५ जनाले आवेदन दिएको खबर आजको कान्तिपुरमा छ ।
आवेदकमध्ये ६५ हजार ८१ पुरुष र ९ हजार ७ सय ३६ महिला छन् ।
कृषिमा बढी : यसपाली आवेदक मध्ये कृषि क्षेत्रमा आवेदन दिनेको संख्या अत्याधिक रहेको छ । कुल आवेदकमध्ये ५४ हजार ७ सय ८७ ले कृषि क्षेत्रमा आवेदन दिएका छन् । कृषिमा आवेदन दिने महिलाको संख्या ८ हजार १ सय ७० रहेको छ ।
त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा २४ हजार ४० ले आवेदन दिएका छन् । यो क्षेत्रमा आवेदन दिने २२ हजार ४ सय ७० पुरुष र बाँकी महिला छन् ।
खर्चमा कटौती : अनलाईन प्रणालीले आवेदक र कार्यलयको खर्चमा कटौती भएको छ । आवेदन संकलनका लागि मात्र यसअघि ३ करोड ५० लाख रुपैंया खर्च हुने गरेको अधिकृत भण्डारीले बताए । कर्मचारी, सुरक्षा निकाय परिचालन, आवेदन ब्यस्थापन र स्टेशनरी जस्ता शीर्षकमा करोडौं खर्च हुँदै आएको खर्चमा अनलाईन प्रणालीले सो रकम कटौती भएको हो । अनलाईनले आवेदकको पनि करोडौं रुपैंया बचत भएको छ । यस अघिका संस्करणहरुमा आवेदकले खान, बस्न, यातायात गरेर औसतमा ५ देखि १० हजार रुपैंया खर्च गर्थे । यसपाली भने ईन्टरनेटको सुविधा भएको ठाउँबाट बढिमा ५ सय रुपैया मै आवेदन दिन पाएका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा