सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १७, प्रधानमन्त्री पुष्पकमल दाहाल चीनबाट फर्केको भोलीपल्ट नै नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरीले शिष्टाचार भेट गरेका छन् । सिंहले आइतबार ओहोदाको प्रमाणपत्र बुझाएपछि लगातार भेटवार्ता गरिरहेका छन् । त्यही अन्तर्गत उनले प्रधानमन्त्रीसंग पनि भेट गरेका हुन् । प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना दिंदै नेपाल र भारत बीचको सम्वन्ध बारेमा छलफल गरेका थिए । प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास पनि प्रधानमन्त्रीले ब्यक्त गरे ।
युरोपीयन युनियनका लागि राजदूत रहेर काम गर्दै गर्दा नेपालको राजदूतमा नियुक्त भएर आएका पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसैबीच उनले परराष्ट्रमन्त्री प्रकाशशरण महतसंग पनि भेटवार्ता गरेका छन् । सो भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका विविध पक्षका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो । परराष्ट्रमन्त्री महतले नेपालले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा गरिरहेको जानकारी उनलाई दिंदै नेपालका सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने बारेमा सरकारले गृहकार्य गरिरहेको बताएका थिए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा