सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
९ चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नै स्थानीय निर्वाचनको वातावरण अझै बन्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचनको वातावरण अझै बन्न नसकेको भन्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका हुन् । नेताहरुले मधेसी मोर्चासहित वा रहित निर्वाचन भन्नेमा जनतामा अन्यौलता छाएको उल्लेख गर्दै त्यसमा प्रष्ट हुनेगरी कार्ययोजना अघि सार्न सुझाव दिएका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर भएपनि मधेस केन्दि्रत दललाई निर्वाचनमा ल्याउन पहल भइरहेको बताए ।केन्द्रीय कार्यालयको बैठकले स्थानीय तह निर्वाचनको वातावरण बनाउने गरी अघि बढन सरकारलाई सुझाव दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।बैठकले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा दुई मुलुकबीचको आर्थिक विकासका लागि आवश्यक आधार तयार पार्न सुझाव पनि दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा