सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
युवा साहित्यकार सुबिन भट्टराइद्वारा लेखिएको उपन्यास ‘समर लभ’ करिब दुई वर्ष पहिले नै पर्दामा आउने बताइएको थियो । तर उपयुक्त कलाकार नभेटिँदा फिल्म निर्माणको मिती पर सरिरहेको थियो । तर अब उक्त उपन्यासका प्रशंसकहरुले यसलाई पर्दामा चाँडै नै देख्न पाउने पक्कापक्की भएको छ । फिल्मको मुख्य पात्र सायाको भूमिकामा रेवती क्षेत्रीले अभिनय गर्ने निश्चित भएपछि फिल्म चाँडै नै बन्ने आशा गरिएको हो ।
आसामकी रेवती भारतमा आयोजना भएका विभिन्न सुन्दरी प्रतियोगिताकी सहभागी हुन् । उनले सन् २०१६ को मिस इन्टरनेशल इन्डियाका साथै सन् २०१६ कै मिस एसिया–वर्लड मिस युनिभर्सिटीको उपाधि बाजी मार्न सफल भइन् ।कानून विषयकी २३ वर्षीया छात्रा उनको ‘ग्याङ्ग्स अफ नर्थ इस्ट’ यसै महिना भारतमा रिलिज हुँदैछ । उनले अर्को फिल्म ‘खातुन’ मा पनि अभिनय गर्ने तय भइसकेको छ ।क्षत्रीलाई आइतबार एक पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । मोडल आशिष पिया अतितको भूमिकामार्फत फिल्ममा डेब्यू गर्दैछन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा