• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने शिक्षकहरुको चेतावनी

      कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

      विश्व बजारमा तेल सस्तो, तर नेपालमा पेट्रोलियम पदार्थ किन महँगियो ?

      बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

      सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

      साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

      धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

      शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

      सुनचाँदीको मूल्य बढ्यो

      लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

    होमपेज /  समाज

    थारुहट-थारुवान सम्मेलन सम्बन्धि सुरक्षा समिति, आयोजक र स्थानीय तह बीच छलफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण ३१, शुक्रबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : १९ मिनेट
  • २३७ पटक पढिएको
  • यज्ञराज उपाध्याय / टीकापुर, साउन ३१ । कैलालीको टीकापुरमा यहि भदौ ७ गते देखि ९ गतेसम्म हुन लागेको थारुहट-थारुवान राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर जिल्ला सुरक्षा समिति कैलालीको टोलीले आयोजक र स्थानीय तहहरु सँग शान्ति सुरक्षाका बिषयमा छलफल गरेको छ । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) यज्ञराज बोहरा नेतृत्वको टोलीले टीकापुर नगरपालिका, जानकी गाउँपालिका लगायत अन्य स्थानीय तहमा समेत उक्त कार्यक्रममा के कस्तो गतिबीधि गर्नेरु, कार्यक्रमलाई शान्त वातावरणमा कसरि सम्पन्न गर्नेरु र त्यसका लागि सुरक्षा निकाय, नागरिक र आयोजकको भूमिका कस्तो रहने आदि बिषयमा रहेर सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरीका कार्यालय कैलालीका प्रमुख सुदिप गिरि, शसस्त्र प्रहरीका एसपी कमल प्रसाद तिमिल्सिना, एसपी नरेन्द्र सेन राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक विकास पाण्डेको टोलीले छलफल र सुझाब संकलन गरेको हो ।

     

    कार्यक्रम, सभा, सम्मेलन गर्न पाउनु संवैधानिक अधिकार हो र सबैले गर्न पाउनुपर्छ तर भएको शान्ती, अमनचयन, सामाजिक सद्भावलाई भंग गर्ने अधिकार कसैलाई छैन ।  कडा व्यवस्थापन, सुरक्षा सतर्कताका साथ यो कार्यक्रम सम्पन्न  गर्न चुन्नौती हामी सबै संग छ , त्यसैले सबैले सहकार्य, समन्वय, छलफल गरेर कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नुपर्छ : सिडियो यज्ञराज बोहरा

     

    टीकापुर नगरपालिकामा भएको छलफल कार्यक्रममा सिडियो बोहराले यो शान्ति सुरक्षाका लागि स्थानीय तह सँग छलफल, सुरक्षा निकाय सँग भेटघाट, सुरक्षा स्थिति बारे छलफल र बिशेष अर्को महिनाको ७, ८ र ९ गते टीकापुरमा हुन लागेको थारुहट(थारु      वानको राष्ट्रिय सम्मेलनका बिषयमा छलफल र जानकारीका लागि टीकापुर आएको बताउदै शान्तिपूर्ण कार्यक्रमा गर्न कसैले पनि पाउने तर स्थापित शान्ति कसैले पनि भंग गर्न नपाउने बताए ।

    कार्यक्रममा आयोजकका तर्फबाट धारणा राख्दै राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक रामप्रसाद चौधरीले यो कुनै आन्दोलन नभएर राष्ट्रिय सम्मेलन भएको बताए । उनले यसलाई आन्दोलन सम्झेर कसैले डराउनुपर्ने कारण नरहेको स्पष्ट पार्दै कार्यक्रमको सबै जिम्मेवारी आफु लिने बताए । संयोजक चौधरीले यो सम्मेलन सामाजिक सद्भाव कायम गर्न र आफ्ना मागहरु सरकार समक्ष राख्नका लागि बिगत २०७२ भदौ ७ र ८ गते भएको टीकापुर घटनाबाट लागेको चोटमा मल्लम लगाउने हेतुले टीकापुरमै सम्मेलन गर्न लागेको बताए ।

    त्यस्तै कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बुढाथोकीले यो सम्मेलन सभ्य भएर भव्यताका साथ गर्न आग्रह गर्दै पुराना कुराहरु सम्झिएर, पुरानो तरिकालाई त्यागेर अनुशासनमा रहेर कार्यक्रम गर्दा रामो सन्देश जाने बताए । उनले सभ्य भएर कार्यक्रम गर्नका लागि जनप्रतिनिधिको तर्फबाट सहयोग गर्न सधैं तयार रहेको बताए । यसैगरी वडा नम्बर ७ क अध्यक्ष रामलाल डगौराले अनुशासनको दायरामा रहेर कार्यक्रम गर्नुपर्ने, बिभिन्न ठाउँबाट आउने अतिथिलाई व्यवस्थित तरिकाले कार्यक्रम स्थलमा ल्याउनुपर्ने र रिसराग पूर्ण व्यवहारले कसैले पनि अभद्र व्यवहार नगरी उत्तेजित भाषण वा कुराहरु गर्न नहुने बताए । त्यस्तै वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरीले सबैभन्दा पहिला सोचाईमा परिवर्तन आउनुपर्ने बताउदै हक र अधिकारका कुराहरुमा कसैले पनि सरकार सँग आफ्ना माग मुद्दा राख्न पाउने र यो बिषयमा थारु-पहाडी बीच मागामाग हुन लागेको जस्तो नबुझी आफ्ना मागहरु जसले पनि स्वतन्त्र रुपमा राख्न पाउने र पाउनुपर्ने बताए । नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का अध्यक्ष दिर्घ ठकुल्लाले टीकापुरमा सद्भाव खासै बिग्रेको जस्तो आफुले नपाएको भन्दै यो सम्मेलन माग उठाउने र सरकार सँग माग राख्ने कार्यक्रम भएकाले यसलाई धेरै ठुलो इस्युका रुपमा लिन नहुने बताए । उनले काङ्ग्रेस, नेकपाका सम्मेलन जस्तै यो पनि भएकाले स्वतन्त्र रुपले गर्न दिनुपर्ने बताए ।

    राष्ट्रिय जनता पार्टी नेता लक्ष्मण चौधरीले चिन्तन सकारात्मक भए सबै कुरा राम्रो हुने बताए । अहिले थारुले गर्न लागेको सम्मेलनका बिषयमा मिडियाले बिभिन्न अपवाह नफैलाएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र सकारात्मक ढंगले प्रचारप्रसार गर्नुपर्ने बताए । त्यस्तै अर्का नेता दिनेश थारुले जहाँ घाउ लागेको छ त्यहीं चिर्नुपर्ने बताउदै बिगतको भदौ ७ को घटनाले टीकापुर मात्र नभएर सुदूरपश्चिमकै बदनाम भएको बताए । थारुले यो सम्मेलन शान्तिको प्रतीकको रुपमा मनाउन लागेको धारणा राख्दै राष्ट्रिय स्तरका शिर्ष नेता, उच्च पदस्थ व्यक्तित्व कार्यक्रममा आउने र थारुका माग, यहाँको सद्भाव र बिगतको सुखद घटनाका बिषयमा छलफल गर्ने भएकाले सबैले साथ दिन अनुरोध गरे । उच्च अदालतको कुरालाई आफुले अवहेलना नगर्ने भन्दै उनले झुट्टा आरोप नसहने र थारुलाई कार्यक्रम गर्न नरोकी छलफल गरेर समाधानका बाटाहरु खोज्नुपर्ने र सुरक्षा रणनीति मजबुत बनाउनुपर्ने बताए । यसैगरी संघीय समाजवादी पार्टीबाट भगतराम चौधरीले सबैको चाहना सामाजिक सद्भाव कायम गर्ने नै रहेको बताए । टीकापुर साना शहरी खानेपानी तथा सरसफाईका अध्यक्ष भैरव रावलले देशभरिबाट आउने पाहुनाहरुलाई टीकापुरबासीले फूलले स्वागत गर्ने बताए । हिंसाबाट निष्कर्ष ननिस्कने कुरा बिगतका घटनाहरुले बुझाईसकेको बताउदै अब छलफलको माध्यमबाट अगाडी बढ्नुपर्ने बताए ।

    टीकापुर नगरपालिकाका उपप्रमुख केशरी बिष्टले यो सम्मेलन कुनै एउटा समुदायको मात्र नभई टीकापुरबबासी सबैको भएको बताउदै यो राम्रो भए यसको श्रेय पनि आफै लिने र नराम्रो भएपनि त्यसको श्रेय पनि आफै लिने भएकाले यसलाई राम्रो बनाउन सबैले साथ दिनुपर्ने बताइन । उनले आयोजकले व्यवस्थापनका सजग र होसियार हुनुपर्ने समेत बताइन । कार्यक्रममा पत्रकार गणेश चौधरी, पदम सापकोटा, हरि तिमिल्सिना, नारायण न्यौपाने, कृष्णा चौधरीले आफ्नो धारणा राखेको थिए ।

    टीकापुर नगरपालिकामा छलफल सकिए लगत्तै सुरक्षा समितिको टोलीले सम्मेलन हुने स्थल टीकापुर सिटि हलको अनुगमन गर्दै जानकी गाउँपालिकामा पनि छलफल गरिएको थियो । अध्यक्ष प्रदिप कुमार चौधरी, उपाध्यक्ष उमा महतोले यो कार्यक्रम र बिगतको आन्दोलन फरक भएको बताए । उनीहरुले बिगतमा संविधान बन्ने क्रममा आफ्नो पहिचानका लागि आन्दोलन भएको र जसको नतिजा नसोचेको आएको तर अहिले लागेको चोटमा मल्लम लगाउने हिसाबले कार्यक्रम गर्न लागेको हुनसक्ने बताए । गाउँपालिकामा भएको उक्त कार्यक्रममा सिडियो बोहराले सुरक्षाका बिषयमा आफु संवेदनशील भएको बताए । उनले कार्यक्रम हुनुभन्दा अघिल्लो दिन पुन सुरक्षा समितिको टोली टीकापुर आउने बताउदै जे जस्ता कुराहरु छन् सुरक्षा निकायका पदाधिकारीलाई भनेर सहयोग गर्न आग्रह गरे । उक्त छलफलमा जगत थारु, जानकी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष धनीराम चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष भीम थारु र वडा नम्बर ७ का वडाध्यक्ष लक्ष्मण चौधरीले आ-आफ्नो धारणा राखेका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने…

    कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

    जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक,…

    परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑