सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की, साउन १९ । जिल्ला प्रशासन कार्यालय कास्कीले फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र सांगीतिक कार्यक्रमका नाम हुने ध्वनी प्रदुषण गर्नेलाई कारबाही गर्ने भएको छ ।
प्रशासनले एक सुचना नै जारी गरी तिजमा हुने खर्चिला कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलीक चाडको मौलीकता माथि प्रश्न चिन्ह उठेको जनाएको छ ।
सुचनामा भनिएको छ “नारी जागरण अभियान पोखरा लगायत संघ संस्थाहरुबाट तीज चाडको मौलीकता माथि आँच आउने खालको फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र सांगीतिक कार्यक्रमका नाम हुने ध्वनी प्रदुषण तथा होटल एवं पार्टी प्लालेसमा हुने दरखाने कार्यक्रम लगायतका खर्चिला कार्यक्रमले हिन्दु नारीहरुले मनाउने मौलीक चाडको मौलीकता माथि प्रश्न उठाएको भनी तिज पर्वको मौलीकता संरक्षणको लागी ध्यानाकर्षण पत्र प्राप्त भएको छ । ”
सुचनाको वर्खिलाप हु्ने गरी कार्यक्रम भएमा कानुन अनुसार कारवाही गरीने समेत बताइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष १५ भदौमा दर खाने र १६ भदौमा तीज पर्व परेको छ ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा