सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सको राइट बैक खेलाडी बेंजामिन पाभर्ड द्धारा प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिना विरुद्ध गरिएको गोललाई विश्वकप २०१८ को उत्कृष्ट गोल चुनिएको छ । स्टटगार्डका २२ बर्षिय डिफेन्डर पाभर्डले अर्जेन्टिना विरुद्ध लेफ्ट विंग बाट आकर लुका हर्नाडेजको क्रसमा अर्जेन्टिनाको गोल पोष्टको जाली चुमाएका थिए । तब बल कोण बनाउदै अर्जेन्टिनाको गोल पोष्टमा छिरेको थियो ।
फ्रान्सको टिमले उक्त प्रतिस्पर्धामा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दे क्वार्टरफाइनलमा ठाउँ बनाएको थियो भने क्रोएशियालाई फाइनल प्रतिस्पर्धामा हराउदै फिफा विश्वकप २०१८ को उपाधिमा कब्जा गरेको थियो । फिफाद्धारा गराइएको भोटिङमा टुर्नामेन्टमा गरिएको सबै १६९ गोल मध्येबाट पाभर्डले अर्जेन्टिना विरुद्ध गरेको गोललाई सर्वश्रेष्ठ गोल घोषणा गरीयो ।
उनको यो गोलले कोलंबियाको मिडफिल्डर जुआन क्विंत्रो द्धारा जापान विरुद्ध गरीएको फ्रि किक र क्रोएशियाका कप्तान लुका मोडरिचद्धारा ग्रुप स्टेजमा अर्जेन्टिना विरुद्ध गरिएको गोललाई पछाडि पार्दे पहिलो नं मा परेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा