सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इङ्गल्याण्डले स्विडेनलाई २–० ले पराजित गरेको छ । फिफा विश्वकपको क्वार्टरफाइनल अन्तर्गत समरा एरिना स्टेडियममा भएको खेलमा जित दर्ता गरेसँगै इङ्गल्याण्ड २८ बर्षपछि सेमिफाइनलको बाटो तय गरेको छ यसअघि उसले १९९० मा सेमीफाइनलमा प्रवेश गरेको थियो । भने हार ब्यहोरेको स्विडेन घर फर्किन बाध्य भएको छ ।
इङ्गल्याण्ड को लागी पहिलो गोल खेल शुरु भएको ३० औ मिनेटमा यंग को कर्नरमा मगुइनले शानदार हेडर मार्फत गोल गरेका हुन् । भने दोस्रो गोल ५८ औ मिनेटमा डेले अलिले दोस्रो गोल गरे र खेललाई २–० को जीत दिलाए । उनले यो गोल पनि हेडर मार्फत गरका थिए ।
यसपछि इङ्गल्याण्ड ले स्विडेनलाई गोल गर्ने कुनै पनि मौका दिएनन् यद्यपी, स्विडेनले गोल गर्ने कैयौ मौका आयो तर गाल गर्न भने सकेनन् ।
अब इङ्गल्याण्ड ले सेमीफाइनलमा आज हुने अन्तिम क्वार्टरफाइनल खेलमा रुस र क्रोएशियामा जस्ले जित्छ उ सँग भिड्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा