सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मिडफिल्डर नासेर चैडलीको इन्जुरी समय ९४ औ मिनेटमा गरेको गोलको कारण बेल्जिमले सोमबार राती खेलीएको फिफा विश्वकपको रोमाञ्चक प्री–क्वार्टर फाइनल प्रतिस्पर्धामा जापानलाई ३–२ ले हाराउदै टुर्नामेन्टबाट बाहिर गर्दिएको छ । चैडली बाहेक बेल्जियमको लागी जान वटौगनले ६९ औ मिनेटमा र मारोआन फेलानी ७४ औ मिनेटमा गोल गदै जित दर्ता गरे । जापानको लागी गेकी हारागुचीले ४८ औ मिनेटमा र ताकाशी इनुइले ५२ औ मिनेटमा गोल गरेका थिए ।
रोस्तोव ऐरेना स्टेडियममा खेलिएको प्रतिस्पर्धामा जापानले सबैको भरोसाको बावजुद राम्रो शुरुआत गरे र पहिलो मिनेट भित्रै मिडफिल्डर शिंजी कगावाले बेल्जियमको बक्सको बाहिर गोल गर्ने प्रयास गरे तर उनले बललाई जाली भने चुमाउन सकेनन् ।
अब क्वाटरफाइनलमा बेल्जियमको प्रतिस्वर्धा शुक्रबार ब्राजीलसँग हुदैछ । सोमबार नै भएको खेलमा ब्राजीलले मेक्सिकोलाई नेयमारको एक गोलसँगै २–० ले पराजित गरेको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा