सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मिडफिल्डर नासेर चैडलीको इन्जुरी समय ९४ औ मिनेटमा गरेको गोलको कारण बेल्जिमले सोमबार राती खेलीएको फिफा विश्वकपको रोमाञ्चक प्री–क्वार्टर फाइनल प्रतिस्पर्धामा जापानलाई ३–२ ले हाराउदै टुर्नामेन्टबाट बाहिर गर्दिएको छ । चैडली बाहेक बेल्जियमको लागी जान वटौगनले ६९ औ मिनेटमा र मारोआन फेलानी ७४ औ मिनेटमा गोल गदै जित दर्ता गरे । जापानको लागी गेकी हारागुचीले ४८ औ मिनेटमा र ताकाशी इनुइले ५२ औ मिनेटमा गोल गरेका थिए ।
रोस्तोव ऐरेना स्टेडियममा खेलिएको प्रतिस्पर्धामा जापानले सबैको भरोसाको बावजुद राम्रो शुरुआत गरे र पहिलो मिनेट भित्रै मिडफिल्डर शिंजी कगावाले बेल्जियमको बक्सको बाहिर गोल गर्ने प्रयास गरे तर उनले बललाई जाली भने चुमाउन सकेनन् ।
अब क्वाटरफाइनलमा बेल्जियमको प्रतिस्वर्धा शुक्रबार ब्राजीलसँग हुदैछ । सोमबार नै भएको खेलमा ब्राजीलले मेक्सिकोलाई नेयमारको एक गोलसँगै २–० ले पराजित गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा