सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकपो आयोजक टिम रुस सोमबार दुई पटकको च्याम्पियन उरुग्वेको विरुद्ध मैदानमा उत्रनेछ तब उसलाई आफनो घरेलु दर्शकको समर्थन भरपुर मिल्नेछ जो पहिलो दुई म्याच जितेर धेरै उत्साहित भएका छन् । ग्रुप ए मा यी दुबै टिमले आफनो पहिलो दुई म्याच जितिसकेका छन् भने अब दुबै पक्ष विच शिर्षमा को रहने भन्ने प्रतिस्पर्धा हुनेछ । यो ग्रुपको बाँकी दुबै टिम साउदी अरब र इजिप्ट आफनो पहिलो दुबै म्याच हारिसकेका छन् ।
विश्वकप शुरु हुनुभन्दा अगाडि आयोजक टिमबाट राम्रो प्रदर्शनको आशा गरीएको थिएन तर साउदी अरब विरुद्ध पहिलो म्याचमा ५–० को जीतबाट शुरुवात गरेको रुसी टिमले दोस्रो म्याचमा ईजिप्टलाई ३–१ ले पराजित गर्यो । दुई म्याचमा ८ गोल गरेपछि पनि ड्र मा पनि आयोजक टिम शिर्ष स्थानमा पुग्न सक्छ । यस्तो उसले अगाडी ग्रुप बि मा रहेको पोर्चुगल वा स्पेनसँग भिड्नु पर्नेछ । यद्यपी, ग्रुप बी मा रहेको ईरान पनि अहिलेसम्म आफनो दाबेदारीमा छ । यदी रुसले आफनो अगिल्लो खेल कस्तो खेल्छ भन्ने कुरा उरुग्वेसँगको खेलले पनि निर्धारण गर्नेछ ।
ईजिप्ट विरुद्ध रुसको रक्षा पक्तिले राम्रो खेल प्रदर्शन गर्यो जसमा मोहम्मद सलाह जस्ता स्टार स्ट्राइकर माथि अंकुश राख्न सफल भएको थियो । यद्यपी, सलाह आफनो काधमा लागेको चोटबाट निको भएर मैदानमा उत्रिएका थिए । मिडफिल्डर डेनिस चेरिशेव राम्रो प्रदर्शन गरीरहेका छन् । यो विश्वकप भन्दा पहिला रुसले सात म्याचदेखी जित हासिल गरेको थिएन ।
हाल टिमको र्याङकिङ ७० औ स्थानमा छ । लुईस सुआरेन र एडिनसन कावानी जस्ता खेलाडीहरुबाट सजिएको उरुग्वेको टिमको विरुद्ध यदि रुसले राम्रो प्रदर्शन गरेमा उसलाई साधारण भन्नु गलत हुनेछ । १९८६ पछि पहिलो पटक नकआउटमा प्रवेश गर्न सफल रहेको रुस त्यतीबेला सोभियत संघको टिम अन्तिम १६ मा बेल्जियसँग हारेको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा