सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ईजिप्टका स्टार मोहम्मद सलाहलाई च्याम्पियन लिग फाइनलमा काधमा चोट लागेको थियो जसले गर्दा उनी विश्वकप खेल्ने आशा माथि झट्का लागेको थियो । लिभरपुलको लागी यो सिजनमा ४४ गोल गर्ने सलाह चोट लागेपछि आइतबार जब पहिलो पटक कैरो स्टेडियममा देखीए तब फ्यानहरुले उनको हौसला बढाए ।
१९९० पछि पहिलो पटक विश्वकपमा भाग लिन लागेको ईजिप्टको टिमको अभ्यास खेल हेर्न हजारौ दर्शक जम्मा भएका थिए । सलाह ले पनि प्रशंसकलाई निराश गरेनन र बेन्चबाट उठेर हल्का ड्रिब्लिंग पनि गरे । ईजिप्टको टिम सात पटक अफ्रिकी च्याम्पियन बनीसकेको छ, तर विश्वकपमा उसले तेस्रो पटक क्वालिफाइ गरेको छ । टिमको पहिलो म्याच १५ जुनमा दुई पटक च्याम्पियन बनेको उरुग्वेसँग हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा