सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुसमा १४ जुनबाट शुरु हुने विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसी र ब्राजीलका नेयमार ले गोल गर्दे आफनो टिमलाई जित दिलाउनेछन् साथै भोक बाट गुज्रेकाको पेट पनि भर्नेछन् । यी दुबैले टुर्नामेन्टमा जतिपटक गोल गर्छन मास्टरकार्डले त्यती नै पटक भोकालाई खाना खुवाउनेछ ।
यो योजना अन्तर्गत मेसी र नेयमारको हरेक गोलमा संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम अनुसार दस हजार मानिसहरुलाई निशुल्क खाना बाडिनेछ । यद्यपी ब्राजीलका कोच टेटे ले भनेका छन् “यस्तो कार्यक्रमले दुबै खेलाडीहरुलाई गोल गर्न धेरै नै दबाब बढ्नेछ । उनले अगाडी भनेका छन यो एउटा अति नै राम्रो अभियान हो, तर खेलाडीको ठाउँमा टिमको गोलमा यो अभियान चलाउनु अझ राम्रो हुन्थ्यो । हामी एक टिमको रुपमा खेल्छौ “।
मेसी र नेयमारसँगै ब्राजील फुटबल परिसंघलाई प्रायोजक क्रेडिट कार्ड कम्पनिले भनेको छ कि “हामी चाहदैनौ कि प्रशंसकहरु, खेलाडिहरु वा कोही कसैको पनि ध्यान भोक जस्तो समस्या निवारणबाट हटोस यो समस्याको हलको दिशाको लागी हाम्रो सानो प्रयास मात्र हो” ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा