सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, कात्तिक १७ । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गएको साउन ३१ गते हत्या गरिएका ११ वर्षका मोहम्मद अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा सिरहा नगरपालिका–४ रमौल बस्ने ५० वर्षका मोहम्मद सलाउद्दिन सेख र सेखकै बुहारी २० वर्षकी डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मोहम्मद अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गएको असोज २० गते पक्राउ गरिएका सेख र उनकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा