सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बीरगंज, कात्तिक १४ । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बहुदरामाई नगरापालिका वडा नं १ का हरिनारायण राम, बिसुनदेव प्रसाद यादव, छठु महरा चमारलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयको नजिकै रहेको यातायात संस्थानको रातो बंगलाबाट पक्राउ गरेको हो । उनीहरुले बिभिन्न ब्यक्तिहरुको प्रवेश पत्र मिलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुको साथबाट म्यादी प्रहरीमा भर्नाकालागि आवेदन दिएका २२ जनाको प्रवेश पत्र अन्य २० जनाको प्रवेश पत्रको फोटोकपी, स्वास्थ्य परिक्षण गराईको पाँच थान रिपोर्ट र ३७ हजार १ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनायो । म्यादी प्रहरीमा भर्ना हुनकालागि मेडिकल रिपोर्ट आवश्यक नभए पनि भर्ना हुन चाहनेहरुको लागि भ्रममा पार्न त्यस्तो रिपोर्ट बनाएको प्रहरीले जनायो ।
आरोपितहरुले म्यादीमा भर्ना हुन चाहनेहरुसँग ३ देखि ५ हजार रुपैयाँ उठाएको पाइएको पर्सा प्रहरीले जनायो । प्रहरीले भने म्यादी प्रहरीमा सफल भएका ब्यक्तिहरु आफ्नै क्षमताका कारण सफल भएको भन्दै कसैलाई भ्रममा नपर्न आम नागरिकलाई अपिल गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताउनु भयो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा