• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर १०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के के भयो कुराकानी ?

      होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

      गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

      चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

      नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

      मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

      क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग गरे विवाह

      रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिए

      फोहोरबाटै ऊर्जा उत्पादन गर्न सकिन्छ, ७५३ वटै पालिकालाई सहकार्य गर्न मन्त्री श्रेष्ठको आह्वान

      आनी छोइङको नियुक्तिसम्बन्धी कागजात माग्न मन्त्रालय पुगेका जेन्जीलाइ दिइएन सूचना

      पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

      स्कुटर चलाएर मासु पसल निरिक्षणमा कृषिमन्त्री

      कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

      कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

      २२ वर्षपछि एउटै फिल्ममा ‘दर्पणछायाँ’ जोडी उत्तम र निरुता

    होमपेज /  अन्य

    ‘हिंसा गर्नेहरू डराउने समाज निर्माण गरौँ’ : मन्त्री सिता बादी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ९, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५० पटक पढिएको
  • काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गरेकी छन् ।

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताए । महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको भनाइ छ ।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस अभियानलाई हिंसामुक्त, विभेदरहित, न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा प्रतिबद्धताका रूपमा लिनुपर्ने उनले उल्लेख गरे । नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले प्रचलित कानुनको प्रभावकारी कार्यान्वयनमार्फत हिंसाका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।

    मन्त्री बादीले डिजिटल तथा साइबर हिंसा, बालबालिकामाथिको हिंसा र सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी तथा आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आह्वान गरिन् । कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा पीडकले कानुनी उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय, संरक्षण तथा सम्मान सुनिश्चित गर्नुपर्ने बताइन् ।

    ‘महिलाको सुरक्षा महिलाको मात्र नभई सम्पूर्ण समाज र राज्यको जिम्मेवारी हो,’ मन्त्री बादीले भनिन्,’ पीडित न्यायको खोजीमा राज्यका निकायमा पुग्दा उनीहरूप्रति संवेदनशीलता, जिम्मेवारी र तदारुकताका साथ व्यवहार गर्नुपर्छ ।’ उनले पीडितको पीडालाई आफ्नै परिवारको सदस्यले भोग्नुपरेको अवस्थासरह संवेदनशील भएर सहयोग, उद्धार र न्यायका लागि काम गर्न सबैलाई आग्रह गरिन् ।

    मन्त्री बादीले सरकारी तथा निजी क्षेत्रका कर्मचारी, आमाबुवा, शिक्षक, विद्यार्थी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंस्था तथा सम्पूर्ण नागरिकलाई लैङ्गिक हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन र खुलेर बोल्नसमेत आग्रह गरिन् ।

    हिंसा गर्ने सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै पीडितले न्याय पाउने व्यवस्था सुनिश्चित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले हिंसामुक्त नेपालको निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्न आह्वान गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

    मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

    फोहोरबाटै ऊर्जा उत्पादन गर्न सकिन्छ, ७५३ वटै पालिकालाई सहकार्य गर्न मन्त्री श्रेष्ठको आह्वान

    एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु , १३ जना घाइते

    अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

    बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले…

    आर्थिक

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

    हिजो एकैदिन ६५ सयले घटेको सुन आज फेरि उकालो

    आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑