• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर २, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी, नेपालमा पहिलो पटक पठन–पाठन हुँदै

      एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर

      ट्रम्पको हत्या गर्ने षड्यन्त्रमा पाकिस्तानी नागरिकलाई २७ वर्ष ६ महिना जेल सजाय

      विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी

      प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

      सल्यानमा स्वर्गीय पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण

      बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव

      दानबहादुर कार्कीलाई सर्वोच्चबाट तत्काल राहत मिलेन, कारण खुलाउन सर्वोच्चको आदेश

      एलिमिनेटरमा काठमाडौं र चितवन भिड्दै, सुदूरपश्चिम फाइनलमा पुग्ने सम्भावना जीवितै

      मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै, मंसिर १० गते विवाह

      एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

      विमानस्थलबाट डेढ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

      एमालेकी वरिष्ठ नेता भण्डारी सरकारी सुरक्षाकर्मी लिएर पार्टीको राष्ट्रिय भेलामा सहभागी

      प्रधानमन्त्री बालेन र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता

      काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

    होमपेज /  अन्य

    प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर २, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • मनिषा बस्नेत / काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन् ।

    बालेन यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । उनको भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीहरूले नेपाल–भारत सम्बन्धका विविध पक्ष, लामो समयदेखि थाती रहेका मुद्दा तथा आर्थिक विकासका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

    पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्धमा विश्वास अभिवृद्धि गर्ने अवसर बन्नुपर्ने बताए ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भारत नेपालको नजिकको छिमेकी र अत्यन्तै अन्तरसम्बन्धित देश भएकाले प्रधानमन्त्रीको भ्रमण सकारात्मक भएको बताए ।

    उनले भने, ‘भारत हाम्रो छिमेकी र ज्यादै अन्तरसम्बन्ध भएको देशमा प्रधानमन्त्री भ्रमण गर्ने कुरा राम्रो कुरा हो । यसले दुई देशको सम्बन्धमा एउटा विश्वासको सम्बन्ध बनोस् र दुई पक्षीय चासो र चिन्ताहरूलाई समग्र रूपमा सम्बोधन हुने कोसिस होस् भन्ने मेरो शुभकामना छ ।’

    पूर्वपरराष्ट्रमन्त्री डा.महतले विदेश सम्बन्ध सञ्चालन गर्दा सबैभन्दा पहिले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने बताए । साथै, सम्बन्धित अर्को देशका चासो र चिन्तालाई समेत बुझेर कूटनीतिक संवाद अघि बढाउनुपर्ने उनको भनाइ छ ।

    उनले राष्ट्रिय स्वार्थका विषयमा देशभित्र भाषण गरेर मात्रै उपलब्धि हासिल नहुने भन्दै सम्बन्धित कूटनीतिक मञ्चमा तथ्य, तर्क र आधारसहित प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

    महतले थपे, ‘अब यहाँ देशभित्र भाषण गरेर ठूला ठूला कुरा गरेर केही अर्थ छैन । सम्बन्धित ठाउँमा तर्कसहित, आधारसहित प्रस्तुत हुन सक्नुपर्छ ।’

    त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई दृष्टिगत गर्दा प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण र स्वाभाविक भएको बताए ।

    उनका अनुसार दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत सम्बन्ध रहँदै आएको छ । यद्यपि, निकट छिमेकीबीचको सम्बन्धमा विभिन्न मुद्दा उठिरहने भएकाले तिनको समाधानका लागि निश्चित प्रक्रिया र संयन्त्र आवश्यक रहेको उनले बताए ।

    पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘बहुआयामिक सम्बन्धलाई दृष्टिगत गरेर त्यसमा आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परागत सम्बन्ध छ । यी सबै सम्बन्धलाई दृष्टिगत गरेर त्यस्तो किसिमको भ्रमण आफैँमा महत्वपूर्ण हुन्छ र स्वाभाविक पनि हुन्छ ।’

    नेपाल–भारतबीच केही पुराना र केही तत्काल प्रभाव पार्ने प्रकृतिका मुद्दा रहेको उल्लेख गर्दै उनले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताए ।

    साउदले सीमा विवादलगायत लामो समयदेखि समाधान हुन नसकेका विषयलाई टुंगोमा पुर्याउन दुवै देशबीच कूटनीतिक तहमा संयन्त्र स्थापना गरी वार्ताको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

    यसैगरी, नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेनले भारतीय समकक्षीसँगको भेटवार्तामा सिंगो राष्ट्र आफ्नो साथमा रहेको सन्देश लिएर जानुपर्ने बताए ।

    उनले महत्वपूर्ण विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेता तथा विज्ञहरूसँग छलफल गरेर राष्ट्रिय सहमति निर्माण गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

    पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीजी भारतीय समकक्षीसँग कुरा गर्दा सिङ्गो राष्ट्र आफ्नो साथमा छ भन्ने कुराको सन्देश लिएर जानसक्नुहोस् । त्यसका लागि विगतमा जुन निरन्तर परम्परा रहँदै आएको छ । यस्ता महत्वपूर्ण भ्रमण अगाडि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, विज्ञहरूसँग सुझावहरू लिने एक खालको राष्ट्रिय सहमति निर्माण गर्ने एजेन्डाहरूमा र त्यही सहमतिको बलमा,सहमतिको स्ट्रेन्थ बोकेर वार्ताको टेबुलमा जाने विगतको यो राम्रो परम्परा रहेको छ, त्यो कायम होस ।’

    राष्ट्रिय सहमतिका आधारमा वार्तामा प्रस्तुत हुँदा प्रधानमन्त्रीलाई थप सामर्थ्य प्राप्त हुने उनको भनाइ छ । यद्यपि, वर्तमान प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली हेर्दा सबै पक्षसँग संवाद हुनेमा आफूलाई आशंका रहेको पनि उनले बताए ।

    उनले प्रधानमन्त्री बालेनलाई भारतसँगको वार्तामा कुनै हीनताबोध नराखी सार्वभौम राष्ट्रको प्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन आग्रह गरे ।

    ‘आत्मविश्वासका साथ भारतीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुनुहोस् भन्ने हाम्रो आग्रह छ । देशहरू ठूला होलान्, साना होलान्, साइज, जनसंख्या, अर्थतन्त्रको आकारको हिसाबले तर वार्ताको टेबुलमा बस्दा दुईवटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीहरू बस्छन् । त्यस बारेमा कुनै पनि हीनताबोध नगरिकन एउटा दरिलो आत्मविश्वासका साथ त्यहाँ प्रस्तुत हुन जरुरी हुन्छ,’ उनले भने ।

    ज्ञवालीले नेपाल–भारतबीचका समस्यालाई लुकाएर वा पन्छाएर सम्बन्ध बलियो नहुने भन्दै सीमा विवादलगायतका विषय खुलस्त रूपमा उठाउनुपर्ने बताए । समस्या समाधानका लागि यसअघि नै तय भएका कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

    पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सीमा समस्याका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने निर्णय सन् २०१४ मै भएको थियो । त्यस्तै, सन् १९५० को सन्धिका कतिपय प्रावधान संशोधन गर्नुपर्ने र वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषय पनि लामो समयदेखि उठ्दै आएका छन् । यी विषयमा बनेका संयन्त्रलाई सक्रिय बनाएर समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताए ।

    त्यसैगरी, ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा विगतका विवाद र समस्यामा मात्रै केन्द्रित नभई भविष्यमा नेपाल र भारतबीच बलियो आर्थिक साझेदारी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

    उनले पञ्चेश्वर परियोजना तीन दशकदेखि अघि बढ्न नसकेको तथा पश्चिम सेती, अपर कर्णाली, पोकेट कर्णाली र तल्लो अरुणजस्ता जलविद्युत् परियोजनामा अपेक्षित प्रगति हुन नसकेको विषय उठाउनुपर्ने बताए ।

    पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावमा नेपाल–भारत सम्बन्धलाई थप विश्वासिलो र परिणाममुखी बनाउन राष्ट्रिय स्वार्थमा आधारित कूटनीतिक संवाद, विद्यमान समस्याको समाधानका लागि संयन्त्रको सक्रियता, राष्ट्रिय सहमति तथा आर्थिक साझेदारीका नयाँ सम्भावनाको खोजी मुख्य विषयका रूपमा देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव

    दानबहादुर कार्कीलाई सर्वोच्चबाट तत्काल राहत मिलेन, कारण खुलाउन सर्वोच्चको आदेश

    मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै, मंसिर १० गते विवाह

    काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

    बाढीले थुपारेको नदीजन्य पदार्थ उपयोग गर्न सके राज्यलाई अर्बौं आम्दानीको अवसर

    काठमाडौँ– तराई –मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजहरमा प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने तयारी,…

    एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै…

    ट्रम्पको हत्या गर्ने षड्यन्त्रमा पाकिस्तानी नागरिकलाई २७ वर्ष…

    विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको…

    विवादका बिच आनीले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्षको…

    एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष…

    प्रधानमन्त्री बालेन र नवनियुक्त भारतीय राजदूत दलेलाबीच भेटवार्ता

    मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण,…

    आर्थिक

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक, नवौँ पटक सम्मानित

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑