• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २९, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

      भित्री र बाहिरी शक्तिको संयुक्त आक्रमणका कारण एमालेले धक्का बेहोर्‍यो : ओली 

      रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी जनकपुर पुगे 

      त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि फहराइ रहेका झण्डाहरु

      भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

      विशिष्ट अतिथिको आगमनलाई लक्षित गर्दै जनकपुरधामका छठ घाटमा विशेष सुरक्षा व्यवस्था

      अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास

      अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

      सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

      अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन, ३० भन्दा बढी व्यवसाय अनुसन्धानको दायरामा

      एनपीएल: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य 

      ‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा

      सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार राहत

      गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

      छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं

    होमपेज /  विश्व

    अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २९, शनिबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १३९ पटक पढिएको
  • काठमाडौं । अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्ने आदेश जारी गरेको हो ।

    दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण हजारौं उडान प्रभावित भएका छन् । उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरका अनुसार एफएएको आदेशपछि अमेरिकाभर करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन् ।

    अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जाल एक्समार्फत सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएपछि एफएएले देशव्यापी उडान रोक्ने निर्णय गरेको जानकारी दिएका छन् । उनका अनुसार एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ ।

    एफएएका अनुसार यो अवरोध अस्थायी दूरसञ्चार प्रणाली विफलताका कारण भएको हो । सावधानीका रूपमा सबै उडान रोकिएको र हवाई क्षेत्रमा रहेका सबै विमानको अवस्था पहिचान गरिएको प्रशासनले जनाएको छ । अन्तर्राष्ट्रिय उडानलाई भने अवस्थाअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिने बताइएको छ ।

    अमेरिकाका २२ वटै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको थियो । ती केन्द्रहरूले आ–आफ्नो क्षेत्रको हवाई यातायात व्यवस्थापन गर्नुका साथै विशेषगरी विमानस्थलतर्फ आइरहेका विमानलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी सम्हाल्छन् ।

    उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४का अनुसार उडान रोक्ने आदेश जारी हुँदा करिब ४ हजार ४२ विमान अमेरिकाका विभिन्न विमानस्थलतर्फ उडिरहेका थिए । यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटनामा कुनै सुरक्षा खतरा वा देशमाथि आक्रमण भएको संकेत नदेखिएको बताएका छन् । ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले सबै उडानको अवस्था पत्ता लगाइएको र यात्रुहरू सुरक्षित रहेको जानकारी दिए ।

    ‘सबै जना सुरक्षित छन् । सबै उडानको हिसाब राखिएको छ । यो अर्को ९÷१० घटना होइन,’ उनले भने । यद्यपि, सञ्चार प्रणालीमा आएको समस्या समाधान गर्न केही समय लाग्न सक्ने उनको भनाइ छ ।

    मुलिनले एयर ट्राफिक कन्ट्रोलरलाई सहयोग गर्ने उद्देश्यले प्रयोगमा ल्याउन लागिएको नयाँ कृत्रिम बौद्धिकता (एआई) उपकरणसँग पनि यो अवरोधको सम्बन्ध हुन सक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार अहिले नै कुनै सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था छैन ।

    उनले अहिलेसम्म यो घटना नियोजित आक्रमणका कारण भएको कुनै संकेत नदेखिएको पनि स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइसकिएको उनले बताए ।

    सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा हवाई उडान रोकिएको यो दोस्रो घटना भएको समाचारमा उल्लेख छ । यसले अमेरिकी हवाई यातायात प्रणालीमा परेको अवरोधको गम्भीरता देखाएको छ । एएनआई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास

    अस्ट्रेलियामा रेस्टुरेन्ट र क्याफेमा श्रम तथा करसम्बन्धी अनुगमन, ३० भन्दा बढी व्यवसाय अनुसन्धानको दायरामा

    गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

    क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो :…

    भित्री र बाहिरी शक्तिको संयुक्त आक्रमणका कारण एमालेले…

    रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी जनकपुर…

    त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि फहराइ रहेका झण्डाहरु

    सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका…

    भिमफेदी दुर्घटना :२५ वर्षीय छोरा गुमाएका निरस शोकमा

    रवि–निकिताले जनकपुरमा पार्टी सदस्य नभएको सामान्य ब्यक्तिको घरमा…

    गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑