सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण हुने बताए । उनले एक विकेट लिएर टोलीलाई जिताउन सके पनि वा पाँच विकेट लिएर जिताउन सके पनि आफ्नो उद्देश्य टोलीलाई जित दिलाउनु नै रहेको उल्लेख गरे ।
‘ह्याट्रिक होस्, पाँच विकेट होस् वा जति पनि विकेट होस्, त्यसले टिमलाई जिताउन सहयोग गरिरहेको छ भने म सधैँ त्यही गर्न चाहन्छु । मेरो लागि एक विकेट लिएर टिमले जित्नु वा पाँच विकेट लिएर टिमले जित्नु एउटै हो । म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु,’ उनले भने ।
उनले विपक्षी टोलीलाई १३२ रनमा रोक्न अन्य बलरको पनि महत्वपूर्ण योगदान रहेको बताए । अन्य बलरले अर्को छेउबाट दबाब सिर्जना गरेकाले आफूलाई बलिङ गर्न सहज भएको उनको भनाइ थियो ।
सन्दीपले प्रतियोगिताभरि टोलीले यस्तो सामूहिक प्रदर्शन देखाउन नसकेको उल्लेख गर्दै आजको खेल टिमवर्कको राम्रो उदाहरण भएको बताए ।
उनले ब्याटिङतर्फ लक्ष्य पछ्याउने क्रममा टोलीले केही संघर्ष गरे पनि जित हासिल गर्नु महत्वपूर्ण रहेको बताए । नेट रनरेट सुधार्नुभन्दा दुई अंक जोड्नु टोलीका लागि प्राथमिकता रहेको उनको भनाइ थियो ।
उनले टोलीको फिल्डिङमा भने सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । क्याच छुट्ने र मिसफिल्ड हुने समस्या रहे पनि खेलाडीले मैदानमा इमानदार प्रयास गरिरहेको हेर्न चाहेको उनले बताए ।
सन्दीपले दबाबपूर्ण अवस्थामा सुशीलको ब्याटिङ र प्रदर्शनको पनि प्रशंसा गरे । उनले सुशीलजस्ता अनुभवी खेलाडी टोलीमा हुँदा युवा खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउने बताए ।
नेपाल क्रिकेटको भविष्यबारे बोल्दै उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अझै प्रगति गर्नुपर्ने र भविष्यमा नेपाली खेलाडीले आईपीएल खेल्ने अवसर पाउने आशा व्यक्त गरे ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा