सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगन्ज । पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारभित्र सरसफाइको काम गर्दै आएका साह सुरक्षाकर्मीको आँखा छलेर बिहान फरार भएका थिए । उनको कैद भुक्तान हुन अब दुई वर्ष मात्रै बाँकी रहेको थियो ।
घटनालगत्तै पर्सा प्रहरीले व्यापक रूपमा खोजी अभियान तीव्र पारेको थियो । खोजतलासका क्रममा फरार साहलाई नेपाल–भारत सीमा नजिक पर्ने भारतको आदापुर क्षेत्र (मटिहर्वा भन्सार क्षेत्र नजिक)बाट नियन्त्रणमा लिइएको डिएसपी मल्लले जानकारी दिएका छन् ।
प्रहरीको तदारुकताका कारण फरार भएका कैदीलाई सीमा क्षेत्रबाटै छोटो समयमै पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कारागारको सुरक्षा व्यवस्था बारे आवश्यक छानबिन भइरहेको छ । प्रहरिले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा