सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही । सार्वजनिक देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलावार बजारमा आयोजित देउसी–भैलो कार्यक्रममा अमर्यादित तथा अश्लील नृत्य गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते राति करिब १२ः०५ बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचारविपरीत सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले परम्परागत देउसी–भैलो कार्यक्रमको मर्यादा र सांस्कृतिक मूल्यविपरीतका गतिविधि नगर्न आग्रह गरेका छन् । प्रहरीले यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा