सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले भदौ १० गतेको विनाशकारी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रीस्तरीय निर्णयमार्फत पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा समेटिएका विद्यार्थीपछि थप लाभग्राहीको पहिचान गरी क्रमशः छात्रवृत्ति उपलब्ध गराइनेछ ।
यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गर्दै बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । अब उक्त सुविधालाई विस्तार गर्दै उच्च शिक्षासम्म पुर्याउने निर्णय गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि पनि प्रभावित परिवारका थप विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति प्रदान गरिनेछ ।
छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको छुट्टाछुट्टै अभिलेख राखिने मन्त्रालयले जनाएको छ । निजी विद्यालयमा अध्ययनरत बालबालिकाको विवरण संकलनका लागि शिक्षा विभागले सम्बन्धित छाता संस्था तथा स्थानीय तहलाई पत्राचार गर्नेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण भने सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिनेछ ।
त्यसैगरी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा नियमित रूपमा उपलब्ध छात्रवृत्ति कोटामा थप गरी समावेश गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको यो निर्णय कार्यान्वयनमा आएपछि भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले आफूले चाहेको विषयमा उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् ।
बाढीबाट प्रभावित परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्दै उनीहरूको भविष्य सुरक्षित बनाउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा