सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको टिप्पणी गरेका छन् ।
सभामुख डोलप्रसाद अर्याललाई भेटेर फर्किने क्रममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारीलाई कार्यस्थलबाटै नियन्त्रणमा लिने घटनाले सर्वत्र त्रासको वातावरण सिर्जना गरेको बताए ।
‘विचौलियाको बिगबिगी भइरहेको छ । कर्मचारीहरूलाई कार्यस्थलबाटै उठाउँदा सर्वत्र आतंक छ । प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गर्न लागिराखेको बेलामा यो सबैको निकास संसद् बैठकबाटै खोज्नुपर्छ,’ उनले भने ।
सुनसरी–मरीन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विषयमा दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको घटनातर्फ संकेत गर्दै आङ्देम्बेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले न्यायालयलगायत विभिन्न क्षेत्रमा गम्भीर विषयहरू उठिरहेको भन्दै तत्काल संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिए । लामो समयसम्म संसद् बैठक नबोलाउने र बैठकलाई निरन्तर धकेल्दै लैजाने प्रवृत्तिले समस्याको समाधान नदिने उनको भनाइ छ ।
कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले तत्काल प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
उक्त निष्कर्ष मंगलबार सभामुख अर्यालसँगको भेटमा सुनाउँदै आङ्देम्बेले संसद् बैठकमार्फत समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्नुपर्ने धारणा राखेका हुन् ।
यसअघि सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारमाथिको धरपकडलगायत सरकारका विवादित गतिविधिबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । सोही माग कार्यान्वयनका लागि कांग्रेसले जतिसक्दो छिटो संसद् बैठक आह्वान गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा