• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

      काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

      एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

      कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

      मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

      पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

      तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

      प्रधानमन्त्री बालेनविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै राँके जुलुस निकालिएको दाबी भ्रामक

      एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

      एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय

      अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

      विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

      आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

      काठमाडौं उपत्यकामा २४ घण्टामा ३८७ सवारीसाधनमाथि कारबाही

    होमपेज /  अन्य

    नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • २६ पटक पढिएको
  • नागढुङ्गा (काठमाडौं) । नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए ।

    सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।

    आइतबार राति १२ बजेदेखि सडक दस्तुर लागू भएको हो । सडक दस्तुर लागू भएको पहिलो दिन हिजो (आइतबार) ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनबाट पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।

    उनले भने, ‘टोल कलेक्सन गरेको पहिलो दिन ७ हजार ५०० को हाराहारीमा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् । जसमा आइतबारको डाटा अनुसार ११ लाख ७० हजारको हाराहारीमा टोल कलेक्सन भएको छ ।’

    पन्थीका अनुसार सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको छ । दशैंको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेका थिए ।

    तर सुरुङमार्गमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने प्रारम्भिक अनुमान आयोजनाको थियो । पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।

    नागढुंगा सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैंयाँ संकलन हुने अनुमान रहेको पन्थीले बताए ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘आजको डाटा भोलि प्राप्त हुन्छ । यसअनुसार पहिलो वर्षको अनुमान त ३५ देखि ४० करोड हो ।’

    सवारी चाप, प्रयोगकर्ताको प्रतिक्रिया र आम्दानीको अवस्थाका आधारमा आगामी दिनमा यसको वास्तविक अवस्था स्पष्ट हुँदै जाने पन्थीले बताए ।

    इन्धन बचतका आधारमा टोल शुल्क निर्धारण

    सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिनुको मुख्य आधार प्रयोगकर्ताले प्राप्त गर्ने आर्थिक लाभ भएको आयोजनाको भनाइ छ । वैकल्पिक सडक हुँदाहुँदै पनि सुरुङमार्ग प्रयोग गर्दा इन्धन खपत कम हुने भएकाले त्यसबाट हुने बचतलाई आधार मानेर शुल्क निर्धारण गरिएको पन्थीले बताए ।

    सुरुङमार्गको शुल्क निर्धारण गर्दा तीनवटा पक्षलाई आधार बनाइएको उनले बताए । पहिलो इन्धन बचतको लागत, दोस्रो सवारीसाधनमा हुने क्षति तथा मर्मतसम्भार खर्च र तेस्रो यात्रामा लाग्ने समयको बचत हो । तर नागढुंगा सुरुङमार्गको हकमा इन्धन बचतबाट हुने आर्थिक लाभको विश्लेषण गरेर मात्रै टोल शुल्क निर्धारण गरिएको उनले स्पष्ट पारे ।

    सुरुङमार्ग प्रयोग नगर्ने सवारीसाधनले पनि यसको व्यवस्थापन खर्चमा योगदान गर्नुपर्ने अवस्था आउन नदिन प्रयोग गर्ने सवारीसाधनबाट मात्रै शुल्क उठाउने नीति लिइएको उनको भनाइ छ ।

    हाल सवारीसाधनलाई चार वर्गमा विभाजन गरी शुल्क निर्धारण गरिएको छ । काठमाडौं प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ र फर्कँदा ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस तथा मिनी टिपर÷ट्रकका लागि प्रवेशमा ११५ र फर्कँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।

    त्यसैगरी बस तथा मझौला र ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्छ । मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र फर्कने क्रममा २५० रुपैयाँ निर्धारण गरिएको छ ।

    काठमाडौं प्रवेश गर्ने क्रममा सडकको उकालो ग्रेडका कारण इन्धन बढी खपत हुने भएकाले प्रवेश र फर्कने शुल्क फरक राखिएको पन्थीले बताए । फर्कँदा इन्धन खपत तुलनात्मक रूपमा कम हुने भएकाले सोहीअनुसार शुल्क निर्धारण गरिएको उनको भनाइ छ ।

    मोटरसाइकललाई सुरुङमार्ग प्रवेश निषेध

    सुरक्षाको कारण देखाउँदै आयोजनाले मोटरसाइकललाई सुरुङमार्ग प्रयोग गर्न निषेध गरेको छ । सुरुङभित्र दुर्घटनाको जोखिम तुलनात्मक रूपमा बढी हुने र लामो दूरीको राजमार्ग यात्रामा मोटरसाइकल प्रयोगलाई निरुत्साहित गर्ने व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको पन्थीले बताए ।

    सुरुङमार्गमा सवारीसाधनको गति सीमित गरिएको छ । चालकले निर्धारित गतिसीमा पालना गर्नुपर्ने, अनावश्यक रूपमा सुरुङभित्र सवारी रोक्न नहुने तथा ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ ।

    सुरुङमार्गको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा भए पनि सञ्चालनका क्रममा ५० किलोमिटर प्रतिघण्टाको गति सीमालाई ध्यानमा राखेर सवारी चलाउनुपर्ने आयोजनाको भनाइ छ ।

    टोल संकलनमा जाम हुन नदिन आरएफआईडी प्रणाली

    टोल शुल्क संकलनका क्रममा सवारीसाधनको चाप बढ्दा जाम हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आयोजनाले विभिन्न भुक्तानी प्रणालीको व्यवस्था गरेको छ । हाल नगद, क्यूआर कोड र इलेक्ट्रोनिक टोल कलेक्सन (ईटीसी) अर्थात् आरएफआईडी प्रणालीबाट शुल्क तिर्न सकिने व्यवस्था छ ।

    आरएफआईडी प्रणालीमा आबद्ध सवारीसाधनले स्वचालित रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तो प्रणालीबाट एउटा सवारीसाधनलाई करिब ८ देखि १० सेकेन्डमै पार गराउन सकिने पन्थीले बताए ।

    नगद भुक्तानी गर्दा पैसा लिनेदिने, बाँकी रकम फिर्ता गर्ने र रसिद उपलब्ध गराउने प्रक्रियाले बढी समय लाग्न सक्छ । त्यसैले नियमित रूपमा राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई आरएफआईडी प्रणालीमा आबद्ध हुन आयोजनाले आग्रह गरेको छ ।

    उनले भने, ‘क्यूआरमा समस्या हुने भएर नै इटिसी आरएफआईडी सिस्टममा लगेका हौं । १० सेकेन्डमा एउटा भेहिकल सहजै पास हुन सक्छ । क्यास पहिले नै रेडी गरेर दियो भने त सहज होला । तर क्यासको सट्टा दिनुपर्ने, फिर्ता गर्नुपर्ने, रिसिप्ट पनि दिनुपर्ने भएकाले टाइम लाग्नसक्छ । तर आरएफआईडी सिस्टममा डेली युज हुने खालका भेहिकलहरू क्रस हुने भएकाले यस्तो सिस्टममा आवद्ध हुन आवश्यक छ । यसले जाम हुने समस्या पूर्ण रूपमा हटेर जानसक्छ ।’

    उनका अनुसार आरएफआईडी प्रणालीको प्रयोग बढ्दै जाँदा टोल संकलनस्थलमा हुने जामको समस्या धेरै हदसम्म हट्ने अपेक्षा गरिएको छ ।

    सुरुङको उकालोमा सवारी चाप बढ्ने समस्या

    सुरुङमार्ग प्रयोगका क्रममा टोल संकलनस्थलमा जाम हुनुका साथै उकालो सडकमा ट्रकको गति कम हुँदा पछाडि रहेका सवारीसाधन प्रभावित हुने समस्या देखिएको छ ।

    विशेषगरी ट्रकको गति कम हुँदा पछाडि रहेका सवारीसाधनले पनि सीमित गतिमा यात्रा गर्नुपर्ने अवस्था रहेको पन्थीले बताए । सुरुङमार्गमा ओभरटेक गर्न नपाइने भएकाले यस्तो समस्या देखिएको उनको भनाइ छ ।

    यसलाई समाधान गर्न आयोजनाले सवारीसाधनको तौल परीक्षण गर्ने र क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई डाइभर्ट गर्ने व्यवस्था अघि बढाउने तयारी गरेको छ । ओभरलोड सवारीसाधन नियन्त्रण गर्न सके समस्या केही हदसम्म समाधान हुने आयोजनाको अपेक्षा छ ।

    स्थानीय र नियमित प्रयोगकर्तालाई छुटको प्रस्ताव

    सुरुङमार्ग नियमित रूपमा प्रयोग गर्ने स्थानीय तथा अन्य सवारीसाधनलाई शुल्कमा छुट दिने विषयमा पनि छलफल भइरहेको छ । हालसम्म यस्तो छुटको व्यवस्था नभए पनि आवश्यक व्यवस्था गर्न सडक बोर्ड नेपाललाई अनुरोध पठाइसकिएको पन्थीले जानकारी दिए ।

    उनका अनुसार सडक बोर्डबाट यस विषयमा गृहकार्य भइरहेको छ । त्यसपछि मन्त्रिपरिषद्मा प्रस्ताव पेस हुन सक्ने सम्भावना छ ।

    एम्बुलेन्सलाई भने सुरुवातदेखि नै टोल शुल्कमा छुट दिइएको छ । त्यसैगरी भीभीआईपी, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सवारीसाधनलाई छुट दिने प्रस्ताव मन्त्रालयमा पेस भइसकेको उनले बताए । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

    दुर्घटना तथा आपत्कालीन उद्धारका लागि २४ घण्टा टोली

    सुरुङमार्गभित्र दुर्घटना वा अन्य आपत्कालीन घटना भए तत्काल उद्धार गर्न आयोजनाले छुट्टै संयन्त्र बनाएको छ । यसका लागि विभिन्न सुरक्षा निकाय, अस्पताल तथा स्थानीय तहसँग समन्वय गरी आपत्कालीन उद्धार समिति गठन गरिएको पन्थीले बताए ।

    आयोजनाले सशस्त्र प्रहरी अस्पतालसँग समेत सम्झौता गरी आपत्कालीन अवस्थामा घाइते तथा बिरामीलाई उपचारका लागि लैजाने व्यवस्था मिलाएको छ । उद्धार कार्यमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली, नगरपालिकाका प्रतिनिधि तथा अन्य सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।

    आयोजनासँग आफ्नै उद्धार टोली, दुईवटा एम्बुलेन्स र दुईवटा टोइङ भेहिकल रहेका छन् । उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि १६ जना जनशक्ति परिचालन गरिएको छ ।

    एम्बुलेन्स चालक, प्यारामेडिक तथा उद्धार टोलीसहितको जनशक्ति सुरुङमार्गको पूर्वी र पश्चिमी दुवै पोर्टलमा २४ घण्टा परिचालन गरिएको छ ।

    उनले भने, ‘सुरुङमार्गभित्र कुनै दुर्घटना वा आपत्कालीन घटना भए तत्काल उद्धार गर्न छुट्टै संयन्त्र बनाएका छौँ । यसका लागि विभिन्न सुरक्षा निकाय, अस्पताल तथा स्थानीय तहलाई समेटेर आपत्कालीन उद्धार समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अस्पतालसँग पनि सम्झौता गरेका छौँ । आयोजनासँग आफ्नै उद्धार टोली, दुईवटा एम्बुलेन्स र दुईवटा टोइङ भेहिकल छन् । उद्धारका लागि १६ जना जनशक्ति परिचालन गरिएको छ । एम्बुलेन्स चालक, प्यारामेडिक र उद्धार टोलीसहितको जनशक्ति सुरुङमार्गको पूर्वी र पश्चिमी दुवै पोर्टलमा २४ घण्टा नै तैनाथ रहने व्यवस्था मिलाएका छौँ ।’ सुरुङमार्ग प्रयोगबाट हुने इन्धन बचत, समयको लाभ र सुरक्षित यात्राको अनुभवले आगामी दिनमा सवारीसाधनको प्रयोग बढ्ने आयोजनाको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पत्रकारमाथिका अपराधमा दण्डहीनता अन्त्य गर्न माग

    प्रधानमन्त्री बालेनविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै राँके जुलुस निकालिएको दाबी भ्रामक

    एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको निर्णय

    आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

    गगन थापाले विशेष सम्बोधनमा उठाएका गम्भीर सवालहरु

    देश ठुलो संकटतर्फ उन्मुख भएको संकेत देखिँदैछ: डा. बाबुराम भट्टराई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

    काठमाडौं गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले…

    नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७०…

    एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

    सर्वोच्च अदालतले भन्योः न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउनु

    इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य सिथिल बन्दै

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आर्थिक

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑