सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु¥याइएको छ । सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो ।
पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको र बोल्नसमेत कठिनाइ भएको छ । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि इलाम अस्पतालको स्वास्थ्यकर्मी टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो ।
उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको हो ।
स्वास्थ्य परीक्षणपछि उनलाई थप उपचार तथा स्वास्थ्य निगरानीका लागि अस्पताल लगिएको हो ।
डा. केसीको स्वास्थ्य अवस्था बिग्रीदै गए पछि स्वास्थ्यकर्मीलाई तैनाथ अवस्थामा राखिएको इलाम अस्पताल श्रोतले बताएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा