सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रूपन्देही । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ परेका छन्। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोधमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएको आरोपमा प्रहरीले खाँलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति साढे १० बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का खाँ र वडा नम्बर ९, पिपराका वाजिउद्दिन मुसलमानलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरूलाई मन्त्रीको तस्बिर जलाएर विरोध गरेको आरोपमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ। जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै लुम्बिनी बचाउ महाअभियानले उक्त नियुक्ति बदर गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। सोमबार साँझ पनि महाअभियानले लुम्बिनीको पर्सा चोकमा विरोध प्रदर्शन गरेको थियो।
यता, महाअभियानका सहसंयोजक रामविकास चौधरीले खाँलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन्। महाअभियानले संयोजक खाँमाथि गरिएको धरपकडको भर्त्सना गर्दै उनको निःशर्त रिहाइको माग गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा