सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव एवम ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका बोर्ड सदस्य अजयकुमार राईले नेपालमा आएको विनाशकारी विपत्ति र सरकारी नीतिका कारण श्रमिक वर्ग सबैभन्दा बढी प्रताणित भएको बताएका छन् ।
विश्वभर एक करोड ९७ लाख सदस्य रहेको यातयात मजदुरहरुको विश्वस्तरको संगठन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको मेक्सीकोमा आयोजना गरिएको बैठकमा नेपालबाट प्रतिनिधित्व गर्दै राईले नेपालमा टे्रड युनियनहरुको अवस्था र सरकारबाट भएको औपचारिक क्षेत्रका युनियन खारेजीबारे आफ्नो धारणा राखेका थिए ।
सो क्रममा बोर्ड सदस्य समेत रहेका महासचिव राईले भोटेकोशी र बुढीगण्डकी बाढीबाट सबैभन्दा धेरै श्रमिक वर्ग प्रताडित भएको, सयौं श्रमिकको गासबास उठेको र वेरोजगार बन्नुपरेको बैठकमार्फत विश्व समूदायलाई जानकारी गराए ।
सो अवसरमा नेपाल यातायात मजदुरहरुले तयार पारेको भोटेकोशी बाढीले श्रमिकहरुलाई प्रभावित पारेको सन्र्दभको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । बैठकमा राईले जेनजी आन्दोलनपछि बनेको निर्वाचित वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो एकसय बुँदे कार्ययोजनामा ट्रेड युनियनलाई बन्देज लगाइएको, स्वास्थ्य र निजामती सेवा क्षेत्रका युनियनहरु खारेज गरिएको साथै युनियनका भवनहरु सरकारले नियन्त्रणमा लिएको जानकारी गराए ।
सरकारी कदमविरुद्ध युनियनकर्मीहरु सर्वोच्च अदालत गएको, विचाराधिन रहेको मुद्दाको सुनुवाइ पटक पटक सरेको साथै निजामती सेवाका सक्रिय युनियनकर्मीहरुलाई दुर्गम क्षेत्रमा सरुवा गरिएको र सार्वजनिक क्षेत्रमा रहेका युनियनहरु पनि त्रसित अवस्थामा रहेको पनि राईले जानकारी गराएका थिए ।
विपत्ति र सरकारी नीतिबाट प्रताडित भएका नेपाली युनियनकर्मी एवम श्रमिक वर्गहरुका पक्षमा विश्वभरको सदभाव आवश्यक रहेको औंल्याउँदै उनले सहयोगको अपेक्षा समेत राखे ।
बोर्ड सदस्य राईले आफ्ना धारणा राखे पश्चात फेडेरेशनका महासचिव स्टिफन कटनले युनियन अधिकारका लागि फेडेरेशनको फेरी पनि एक्यवद्धता रहेको सुनाए । स्टिफन कटनले केही समयअघि नेपालमा एक सार्वजनिक कार्यक्रममार्फत पनि नेपाली श्रमिकहरुका पक्षमा आवाज उठाएका थिए भने राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर श्रमिक अधिकारका पक्षमा उभिन आग्रह गरेका थिए ।
विश्व कार्य समितिको बैठकमा मेक्सिकोका यातायातमन्त्री हेक्टर उलीसस गारसिया नियटो र श्रममन्त्री मार्थ बरुच र फेडेरेशन बेलायतका वरिष्ठ राजनीतिज्ञ एवम केही वर्ष अगाडि ब्रिटिश संसदमा लेवर पार्टीकातर्फबाट विपक्षि दलका नेता एवम सांसद जेरेमी कार्बनले समेत बैठकलाइ सम्बोधन गरेका थिए ।
सन १८९६ मा स्थापित फेडेरेशनमा विश्भरका हवाई, सडक, रेल, पानीजहाज, बन्दरगाह, पर्यटन, सुख्खा बन्दरगाह, प्लाटफर्म श्रमिकलगायतका करिब सात सयवटा युनियनहरु आवद्ध छन् । लण्डनमा प्रधान कार्यालय रहेको फेडेरेशनमा नेपालबाट राईले नेतृत्व गर्दै आइरहेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा