• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ३०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

      कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

      यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

      एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

      मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

      भूमि तथा वनसम्बन्धी अध्यादेश संसद्बाटै छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको धारणा

      सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त

      काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

      कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

      प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

      हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

      कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

    होमपेज /  समाचार

    सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ३०, शुक्रबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाएकी छन् । उनले सरकारसँग स्पष्ट सैद्धान्तिक दृष्टिकोण नरहेको र प्रतिपक्षलाई सहयात्रीका रूपमा नभई शत्रुका रूपमा हेर्ने प्रवृत्ति देखिएको बताइन् ।

    पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद् अधिवेशन अन्त्य भएको दुई साता नबित्दै सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताइन् । संसद्मा छलफल गरेर विधेयकका रूपमा अघि बढाउन सकिने विषयमा अध्यादेशको सहारा लिनु सरकारको गलत कार्यशैली भएको उनको भनाइ छ ।

    उनले भनिन्, ‘यो सरकारको रवैया चाहिँ के देखियो भने यो सैद्धान्तिक विचलन होला जस्तो लाग्छ मलाई । सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? र अर्को कुरा चाहिँ यो सरकारले राम्रो विधेयक बनाएर जनतालाई राहत दिन प्रयत्नशील छैन । र अर्को चाहिँ अझै महत्त्वपूर्ण विषय चाहिँ के हो भने यो अपोजिसनलाई विश्वास गर्दैन । अपोजिसनलाई चाहिँ शत्रुताको दृष्टिले हेर्छ । अपोजिसनले भनेका कुराहरू चाहिँ मार्गनिर्देशन हो है हाम्रो भन्ने ढङ्गले यसले हेर्दैन । त्यसले गर्दा यी कुराहरूले गर्दा यो सरकार चाहिँ विक्षिप्त अवस्थामा छ जस्तो लाग्छ मलाई ।’

    उनले सरकारले पाँच वर्षसम्म कसरी शासन सञ्चालन गर्ने भन्नेमा मात्र ध्यान दिएको जस्तो देखिएको भन्दै जनताका पक्षमा प्रभावकारी कानुन निर्माण गरी राहत दिने विषयमा पर्याप्त ध्यान नदिएको आरोप लगाइन् ।

    उनले संसद् अधिवेशन चालु रहँदा नै भूमि तथा वनसम्बन्धी विधेयक ल्याएर छलफल गराउन सकिने अवस्था हुँदाहुँदै सरकारले अध्यादेशमार्फत अघि बढ्न खोजेको बताइन् । राष्ट्रिय सभामा विधेयक प्रस्तुत गरिएको भए रातभरि छलफल गरेर भए पनि त्यसलाई राम्रो कानुनका रूपमा अघि बढाउन आफूहरू तयार रहेको उनको भनाइ थियो ।

    पन्तले कानुन निर्माणको प्रक्रिया हतारमा पूरा गर्ने र बारम्बार ऐन संशोधन गर्ने प्रवृत्ति उचित नभएको उल्लेख गरिन् ।

    पन्तले राष्ट्रिय सभाले विधेयकहरूमा गहन छलफल गरी कानुनलाई परिष्कृत बनाउन सक्ने भए पनि सरकारले त्यसको भूमिकालाई पर्याप्त महत्त्व नदिएको आरोप लगाइन् ।

    उनले भनिन्, ‘सरकारले पाँच वर्ष कसरी शासन सञ्चालन गर्ने भन्नेमा मात्रै ध्यान दिएको देखिन्छ। जनताको पक्षमा प्रभावकारी कानुन निर्माण गरी राहत दिने विषयमा सरकार गम्भीर देखिएको छैन। संसद् अधिवेशन चालु रहँदै भूमि तथा वनसम्बन्धी विधेयक ल्याएर छलफल गर्न सकिन्थ्यो। राष्ट्रिय सभामा विधेयक ल्याएको भए हामी रातभरि छलफल गरेर भए पनि राम्रो कानुन बनाउन तयार थियौँ। कानुन निर्माण गर्ने र बारम्बार संशोधन गर्ने प्रक्रिया हतारमा हुनुहुँदैन। राष्ट्रिय सभाले विधेयकमाथि गहन छलफल गरेर कानुनलाई परिष्कृत बनाउन सक्छ, तर सरकारले राष्ट्रिय सभाको भूमिकालाई पर्याप्त महत्त्व दिएको देखिएन ।’

    भूमि तथा वनसम्बन्धी अध्यादेशबारे धारणा राख्दै पन्तले भूमिहीन, सुकुम्बासी र समस्यामा परेका नागरिकको व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताइन् ।

    उनले नेपाली कांग्रेस नेतृत्वको विगतको सरकारले शैलजा आचार्यलाई सुकुम्बासी आयोगको अध्यक्ष बनाएर हजारौँ सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको इतिहास रहेको स्मरण गरिन् ।

    ‘हामी सुकुम्बासीहरूलाई, भूमिहीनहरूलाई र अप्ठ्यारोमा परेका नागरिकलाई राहत दिन चाहन्छौँ। उनीहरूको व्यवस्थापन गर्न चाहन्छौँ र उनीहरूलाई नागरिकको हैसियत दिन चाहन्छौँ,’ उनले भनिन् ।

    तर, वर्तमान सरकारले भूमिहीन नागरिकलाई राहत दिने विषयमा पर्याप्त चासो नदेखाएको उनको आरोप थियो ।

    वनसम्बन्धी कानुनलाई व्यवस्थित गर्न आवश्यक रहेको स्वीकार गर्दै पन्तले त्यसका लागि पनि संसद्मा छलफल गरेर कानुन निर्माण गर्न सकिने बताइन् । संसद् सञ्चालनमा रहँदा नै विधेयक ल्याएको भए छलफलमार्फत अगाडि बढाउन सकिने उल्लेख गर्दै उनले अध्यादेशबाट शासन सञ्चालन गर्ने प्रवृत्ति गलत भएको दोहोर्याइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

    भूमि तथा वनसम्बन्धी अध्यादेश संसद्बाटै छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको धारणा

    कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

    तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

    विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली…

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न…

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑