• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

      ‘एचआईभी र यौनरोगसम्बन्धी सेवा बन्द हुँदा जोखिम बढ्यो’

      मलेसियाका लागि राजदूत सिफारिस भएका खरेलमाथि उठेका आरोपबारे थप अध्ययन गरिने

      लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

      डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

      नेपालबाट यस वर्षकाे मनसुन बाहिरियाे

      महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

      श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने

      ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति

      दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन, सादा पोसाकदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

      मध्यपूर्वमा तनाव चर्कियो, होर्मुज जलमार्गमा दुई जहाजमा क्षेप्यास्त्र प्रहार, विश्व बजारमा तेलको मूल्य बढ्यो

      दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा

      सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घट्यो

      प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी जम्मा

      आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

    होमपेज /  अन्य

    कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २७, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् ।

    कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा क्षेत्रमा अनुकूलन (एक्लिमिटाइजेसन) का लागि विश्राम गरिरहेका छन् ।

    विशेष गरी साहसिक यात्रा, पदयात्रा (ट्रेकिङ) र हिमाल आरोहणका लागि कञ्चनजंघा रोज्ने विदेशी पर्यटकहरूको संख्या बर्सेनि बढ्दै गएको छ । यस याममा मुख्यतया फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत मुलुकबाट पर्यटकहरू आएको पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरू उत्साहित बनेका छन् ।

    वर्षमा दुई पर्यटकीय याम

    कञ्चनजंघा क्षेत्रमा वर्षभरिमा दुई मुख्य पर्यटकीय याम हुन्छन्। पहिलो याम वसन्त ऋतुअन्तर्गत चैत, वैशाख र जेठमा चल्छ भने दोस्रो याम शरद ऋतुअन्तर्गत भदौदेखि मंसिरसम्म सञ्चालन हुन्छ । असार र साउनमा अत्यधिक वर्षाका कारण पदमार्ग अवरुद्ध हुने तथा पुस, माघ र फागुनमा हिमपातका कारण यात्रा जोखिमपूर्ण हुने भएकाले पर्यटक आगमन न्यून रहने गर्छ ।

    पछिल्ला वर्षहरूमा बाह्यसँगै आन्तरिक पर्यटकको रोजाइमा पनि कञ्चनजंघा पर्न थालेको छ । विशेष गरी दशैं–तिहारको बिदामा नेपाली पर्यटकहरू परिवार तथा साथीभाइसहित आधार शिविरसम्म पुग्ने गरेका छन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला कञ्चनजंघा क्षेत्रका होटल तथा लजहरू आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । यद्यपि, आन्तरिक पर्यटकको आधिकारिक लगत भने जाँच चौकीमा दर्ता हुने गरेको छैन ।

    पर्यटक आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । पदयात्रा गाइड, भरिया, होटल तथा लज व्यवसायी, यातायात व्यवसायी र स्थानीय हस्तकला व्यापारीहरूको आम्दानी बढेको छ । व्यवसायीहरूका अनुसार यस याममा होटल व्यवसायको आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि हुने अनुमान गरिएको छ। विदेशी पर्यटकहरू लामो समय बस्ने भएकाले गाइड, पोर्टर र क्याम्पिङ सामग्रीको माग उच्च रहेको व्यवसायी फुपुछोहाङ शेर्पा बताउँछन् ।

    आधार शिविर पुग्ने मार्गहरू

    समुद्री सतहबाट ८,५८६ मिटर उचाइमा रहेको कञ्चनजंघाको भ्रमण तथा अवलोकनका लागि उत्तरी र दक्षिणी गरी दुईवटा आधार शिविर रहेका छ ।

    उत्तरी आधार शिविर ( पाङपेमा – ५,१४३ मिटर) :

    सदरमुकाम फुङ्लिङबाट सवारीसाधनमार्फत जापानटारसम्म पुगिन्छ । त्यसपछि करिब तीन दिनको पैदल यात्रापछि प्रसिद्ध घुन्सा गाउँ पुग्न सकिन्छ । घुन्साबाट थप दुई–तीन दिनको यात्रापछि उत्तरी आधार शिविर पाङपेमा पुगिन्छ । यस मार्गमा आधारभूत सुविधायुक्त होटल, लज र होमस्टेहरूको राम्रो व्यवस्था छ ।

    दक्षिणी आधार शिविर (ओक्ताङ/यालुङ – करिब ४,७३० मिटर)ः

    फुङ्लिङ बजारबाट करिब सात घण्टाको सवारी यात्रापछि याम्फुदिन पुगिन्छ। त्यहाँबाट तीन दिनको पदयात्रापछि दक्षिणी आधार शिविर ओक्ताङ पुगिन्छ । यस मार्गमा पनि स्थानीय बस्ती, होमस्टे र गाइडहरूको सुविधा उपलब्ध छ ।

    आरोहणको चुनौती र सम्भावना

    कञ्चनजंघा प्राविधिक हिसाबले आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये निकै कठिन र चुनौतीपूर्ण मानिन्छ । बदलिँदो मौसम, उच्च उचाइ (पातलो अक्सिजन) र हिमपहिरोको जोखिमका कारण यसको आरोहणमा उच्च स्तरको शारीरिक तयारी, तालिम र अनुभवी शेर्पाहरूको सहयोग अपरिहार्य हुन्छ ।

    कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र स्थानीय प्रशासनले यस क्षेत्रमा पर्यटन पूर्वाधार विस्तारका लागि नयाँ पदमार्गको विकास, भरपर्दो सञ्चार (इन्टरनेट) सुविधा, प्राथमिक स्वास्थ्य केन्द्र तथा पर्यावरणमैत्री शौचालय निर्माणमा जोड दिएका छन् । पदमार्गमा थप सूचनापाटी र आपत्कालीन उद्धारको भरपर्दो व्यवस्था मिलाउन सके कञ्चनजंघा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट साहसिक गन्तव्यका रूपमा स्थापित हुने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०६ प्रहरी परिचालन, सादा पोसाकदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

    मध्यपूर्वमा तनाव चर्कियो, होर्मुज जलमार्गमा दुई जहाजमा क्षेप्यास्त्र प्रहार, विश्व बजारमा तेलको मूल्य बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी जम्मा

    विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा

    सरकार र प्रहरीलाई झाँक्रीको अपिलः खगेन्द्रको हिंसामा परेका आमा बच्चाको ज्यान खतरामा छ, प्लिज तत्काल रेस्क्यु होस

    सांसद खगेन्द्र सुनारलाई रास्वपाको २४ घण्टे स्पष्टीकरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय…

    ‘एचआईभी र यौनरोगसम्बन्धी सेवा बन्द हुँदा जोखिम बढ्यो’

    मलेसियाका लागि राजदूत सिफारिस भएका खरेलमाथि उठेका आरोपबारे…

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा…

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

    अडियो प्रकरणमा दोषी ठहरिए खगेन्द्र सुनारमाथि कारबाही हुन्छ…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    आर्थिक

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑