• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दशैं बिदामा पनि विशेष अदालत खुला रहने

      फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

      एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

      गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

      ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

      बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

      काङ्ग्रेसको मतगणना २३ ठाउँमा

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      नेप्से बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

      मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

      गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे

      नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

      कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    होमपेज /  अन्य

    बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २६, सोमबार (१0 घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • धादिङ । आरुघाटको स्याउली बजार, सँगै थियो करिब ५८ परिवारको बसोबास । स्थानीय भाषामा भन्नुपर्दा ‘सुकुम्बासी बस्ती’ । घटस्थापनाको दिन बिहानसम्म यो बस्तीमा छुट्टै रौनक थियो । कसैले घर सिगार्दै थिए । कसैले जमरा राख्ने तयारी गर्दै थिए । कोही किनमेलमा नै थिए त कोही दशैंका लागि सरसामान जुटाएर मख्ख थिए । तर, बूढीगण्डकी नदीमा आएको वर्षा बिनाको बाढीले सुकुम्बासी बस्तीको नाम निसाना मेटाइदिएको छ ।

    बाढीले घरसहित सबैथोक बगाएकी विष्णुमाया घले भन्छिन्,‘खेताला लगाएर हिजोमात्रै घर लिपपोत गरी सिँगारेको थिएँ । तेल चामलदेखि साबुनसम्म किनेर राखेको थिएँ । घरै बाढीले बगायो । केही निकाल्न पाइएन ।’

    विष्णुमायाको भित्र माटोले लिपपोत गरिएको र बाहिर सिमेन्टको प्लास्टर गरिएको घर थियो । ३० वर्षदेखि यही बस्तीमा बस्दै आउकी विष्णुमायाले वर्षाैको मिहिनेतले घर बनाएकी थिइन् । बृद्ध सासुआमा चारजना यही घरमा बस्दै आएकी थिइन् । छोराबुहारी वैदेशिक रोजगारीमा गएका छन् । भर्खरै विदेश गएकाले उनीहरूले पठाएको कमाइले घर सच्याउन बाँकी नै थियो । तर त्यो सम्भावना पनि बाढीले खोसेर लग्यो ।

    ‘दशैंका लागि खाद्यान्न मरमसला, सुँगुर, बंगुर किनेर ल्याएका थिए । सिमेन्टमा गिट्टी बालुवा मोलेर बनाएको घोलाजस्तो कालो लेदोसहित सुस्त गतिमा आएको बाढीले हेर्दाहेर्दै निमिट्यान्न पारेर लग्यो’, विष्णुमाया भन्छिन्–‘बाढी आएको देखेर सबैजना ज्यान जोगाउन भागे । दराजबाट एउटा झोला निकालेर म पनि माथितिर दौडिएँ । कपडा, खाद्यान्न र चौपाया सबै बाढीको लेदोमा पुरियो ।’

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरस्थित स्याउली बजारमा बाढी आउनुअघि दशैंको छुट्टै उमङ्ग थियो । प्राय सबैले चामल, तेल, मरमसला र नयाँ कपडा किनिसकेका थिए । दशैंमा मासुका लागि खोरमा सुँगुर बंगुर बाँधिसकेका थिए । बाढीले बस्ती बगाएपछि एक पेट खाने र रात कटाउने कसरी भन्ने चिन्ता उनीहरुमा छ ।

    त्यही बस्तीका अर्का पीडित हुन् लालबहादुर घले । बाढीले बस्ती घेर्दा लालबहादुर र उनको परिवारले पनि ज्यान जोगाउनबाहेक अरू केही सोच्न भाएन । लालबहादुर भन्छन्, ‘घरभित्र रहेका सरसामान, खाद्यान्न र लत्ताकपडा एक थान पनि निकाल्न पाइएन । बालबच्चाको पढ्ने किताबकापीदेखि भएभरका सबै सामान बाढी र लेदोले बगाएर लग्यो । अब न त खाने अन्न छ, न त बालबच्चाको कापीकिताब नै बाँकी रह्यो ।’

    आफ्ना बालबच्चाको भविष्य र दशैंका लागि साचेर लालबहादुरले राखेको सबै जोडजाम बाढीको लेदोमा विलीन भएको छ । चाडपर्वमा बालबच्चालाई नयाँ कपडा हालिदिने र मीठो–मसिने खुवाउने उनको धोको थियो । तर, विपत्ति यसरी आयो कि गृहकार्य गरिरहेका बालबच्चाको हातमा भएका कापीकिताब र कलम समेत बाँकी रहेनन् । उनीहरू अहिले एकसरो कपडाको भरमा रात कटाउनका लागि गाउँपालिकाले देखाइदिएको स्कुल भवनमा बस्न बाध्य भएका छन् ।

    बस्ती रहेको स्थानमा अहिले घरहरूको निशानासम्म बाँकी छैन । ३२ परिवार बसोबास गर्ने सुकुम्बासी बस्ती भएको ठाउँमा दलदले हिलो र कालो लेदो मात्रै छ । लेदोमा टेकेर जान सकिने अवस्था छैन । जहाँ हिजोसम्म जस्ताले नै छाएको भएपनि साजसज्जाले चिटिक्क पारिएका घरहरू थिए, त्यहाँ अहिले कालिमाटी जस्तो हिलो र गेग्रानको साम्राज्य छ । आफ्नै आँखाअगाडि वर्षौंदेखि जोडेको सम्पत्ति र बासस्थान हिलोमा परिणत हुँदा बस्तीका मानिसहरू परबाट टोलाएर हेर्न बाध्य छन् ।

    घटस्थापनाको दिन विहानसम्म दशैंको चहलपहल छाएको ठाउँ बाढीपछि सुनसान छ । ज्यालामजदुरी गरेर दुःखले बनाएको घर र घर चलाउन जोडेको सरसामान आँखाअगाडि बगेर जाँदा सबैजना स्तब्ध छन् । बस्तीका ५० परिवार नै पूर्ण रूपमा घरबारविहीन बनेका छन् ।

    बाढीपछि अब कहाँ बस्ने, के खाने र कसरी दिन बिताउने भन्ने टुङ्गो छैन । लगाउने कपडा र खाने अन्न केही पनि बचेको छैन । गाउँपालिका र स्थानीय प्रतिनिधिहरूले आएर पीडितहरूको नामावली त सङ्लन गरेका छन् । तर अब गास र बासको व्यवस्था कसरी हुन्छ भन्ने कुरा अनिश्चित छैन । स्थानीयवासीहरू सहयोगी हातहरूको पर्खाइमा छन् ।

    त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार स्याउली बजारको सुकुम्बासी बस्तीमा ५८ परिवारका करिब २ सय जनाको बसोबास थियो । अहिले त्यहाँका बालबालिका, बृद्धबृद्धा र दिनभर ज्यालामजदुरी गरेर विहान बेलुकाको छाक टार्ने वर्गका नागरिकको विचल्ली भएको छ । अस्थाई बासका लागि बस्ती नजिकै सुरक्षित स्थानमा रहेको चुनदेवी आधारभूत विद्यालयमा राखिएपनि बालबच्चा र बृद्धबृद्धाहरुलाई जोगाउन चुनौति आइपरेको अध्यक्ष उप्रेतीको भनाई छ ।

    चाडपर्वको मुखैमा आएको अकल्पनीय विपत्तिले सुकुम्बासी बस्तीका नागरिकको सम्पूर्ण खुसी खोसेको छ । टहरा नै भएपनि मजदुरीबाट खाइनखाई ठढ्याइएको संरचना क्षणभरमै ध्वस्त हुँदा प्रभावित मात्रै होइन देख्नेहरु नै छाङ्गाबाट खसेजस्तै भएका छन् । दशैंको हर्षोल्लास हुनुपर्ने बस्तीका घरहरूमा अहिले चिन्ता र निराशा मात्रै छाएको त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाअध्यक्ष कृष्ण बहादुर खत्रीले सुनाए ।

    सुकुम्बासी बस्तीसँगै रहेका अन्य पक्की १० घरमा पनि बाढी पसेको छ । पक्की घरका ढोका र सटरहरुमा बाढीले बगाएर ल्याएको लेदो थुप्रिएको र त्यहाँ टेकेर हिड्न सक्ने अवस्था नरहेकोले ती घरहरुबाट पनि केही सरसामान निकाल्न सकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

    मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

    नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तार : बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

    बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी : अध्येता भुसाल

    एनएमबी बैंकद्वारा लुप नेटवर्कसँग सहकार्य, किस्ताबन्दी र तत्काल क्रेडिट सुविधा सुरु

    हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्विरहरू)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा…

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न,…

    गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    आर्थिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

    ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑