• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दशैं बिदामा पनि विशेष अदालत खुला रहने

      फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

      एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

      गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

      ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

      बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

      काङ्ग्रेसको मतगणना २३ ठाउँमा

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      नेप्से बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

      मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

      गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे

      नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

      कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    होमपेज /  अन्य

    मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २६, सोमबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको बताएकी छन् ।

    ‘नेपालमा मानसिक स्वास्थ्यः सर्वोच्च अदालतको परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयन अवस्था’ विषयक कार्यक्रममा बोल्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको र त्यसकै आधारमा मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिइन् ।

    उनले भनिन्, ‘मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ । यसै सन्दर्भमा मानसिक स्वास्थ्यसम्बन्धी अवधारणा पत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । अब यसैका आधारमा मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको काम अघि बढाइने छ । यसले सेवाग्राहीको अधिकार सुनिश्चित गर्दै नागरिकको पहुँचमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवा पु¥याउन महत्त्वपूर्ण आधार तयार गर्नेछ ।’

    उनले मानसिक स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको मात्र विषयका रूपमा नभई व्यक्ति, परिवार, समाज र समग्र जीवनसँग जोडिएको महत्त्वपूर्ण विषयका रूपमा बुझ्नुपर्ने बताइन् ।

    शारीरिक स्वास्थ्यमा समस्या देखिँदा उपचार खोज्ने प्रवृत्ति रहेपनि मानसिक स्वास्थ्यमा समस्या हुँदा अझै पनि धेरै मानिस खुलेर बोल्न र सहयोग माग्न हिचकिचाउने गरेको उनको भनाइ थियो ।

    उनले भनिन्, ‘मानसिक स्वास्थ्य, स्वास्थ्य क्षेत्रको मात्र विषय होइन । यो व्यक्ति, परिवार, समाज र समग्र जीवनसँग जोडिएको विषय हो । शारीरिक स्वास्थ्यमा समस्या हुँदा उपचार खोज्ने हामी महसुस गरिरहेका छौँ, तर मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन् । यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ ।’

    मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न जनचेतना अभिवृद्धि, सही सूचनाको प्रवाह र सहयोगी सामाजिक वातावरण निर्माण आवश्यक रहेको उनले उल्लेख गरिन् ।

    प्रस्तावित कानुनी व्यवस्थाले सेवाग्राहीको अधिकार सुनिश्चित गर्नुका साथै नागरिकलाई गुणस्तरीय मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन आधार तयार गर्ने विश्वाससमेत व्यक्त गरिन् ।

    मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।

    मानसिक स्वास्थ्य समस्यालाई व्यक्तिगत कमजोरीका रूपमा नभई जनस्वास्थ्य र सम्मानजनक जीवनसँग सम्बन्धित विषयका रूपमा लिनुपर्ने उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

    बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

    नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तार : बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

    बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी : अध्येता भुसाल

    एनएमबी बैंकद्वारा लुप नेटवर्कसँग सहकार्य, किस्ताबन्दी र तत्काल क्रेडिट सुविधा सुरु

    हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्विरहरू)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा…

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न,…

    गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    आर्थिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

    ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑