सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मलेसियामा न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्याउने घोषणा, नेपाली श्रमिकलाई लाभ हुने
एजेन्सी । मलेसियाले सन् २०२७ को बजेटमार्फत न्यूनतम मासिक तलब २ हजार मलेसियन रिंगिट (करिब ७५ हजार नेपाली रुपैयाँ) पुर्याउने घोषणा गरेको छ। यो व्यवस्था सन् २०२७ जुनदेखि लागू हुने बताइएको छ।
मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले शुक्रबार (अक्टोबर ९) दिउँसो ३:३० बजे संसद् (देवान रक्यात) मा बजेट २०२७ प्रस्तुत गरेका हुन्।
न्यूनतम तलब वृद्धि लागू भएमा मलेसियामा कार्यरत नेपालीसहित लाखौँ विदेशी श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
विशेषगरी अदक्ष तथा न्यून आय भएका श्रमिकको आम्दानी बढ्ने र उनीहरूको जीवनयापनमा केही सहजता आउने अनुमान गरिएको छ।
यद्यपि, तलब वृद्धि लागू गर्ने क्रममा साना उद्यमलाई संक्रमणकालीन छुट दिने व्यवस्था पनि प्रस्ताव गरिएको विवरणमा उल्लेख छ।
यस्तो छुटको अवधि, योग्य व्यवसाय र कार्यान्वयनका सर्तबारे आधिकारिक विवरण स्पष्ट हुन आवश्यक छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा