• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २३, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मलेसियामा न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्‍याउने घोषणा, नेपाली श्रमिकलाई लाभ हुने

      हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

      बूढानीलकण्ठबाट बरामद सुनको मूल्य साढे ५४ करोडभन्दा बढी

      दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने, आवश्यक परे बस थपिने

      दशैंका लागि सजाइयो राजदेवी मन्दि

      लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा शर्मा निर्विरोध

      असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

      नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

      पोखरा स्कुल बस दुर्घटना अपडेट: पाँच जनामध्ये चारको सनाखत

      मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

      बाला त्रिपुरासुन्दरी : रोचक किंवदन्ती, रमाइलो धार्मिक गन्तब्य

      धनगढी–काठमाडौं भाडा १० हजार ८ सय मात्रै, भ्रममा नपर्न बुद्ध एयरको आग्रह

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

    होमपेज /  समाचार

    दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने, आवश्यक परे बस थपिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २३, शुक्रबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको छ ।

    नेपाल सरकारको निर्णय अनुसार नेपाल यातायात व्यवसायी विभागले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेलगत्तै काठमाडौंका वस पाकहरुमा टिकट बुकिङ गर्नेहरुको भीड देखिएको हो । गोंगबुस्थित नयाँ बसपार्कमा बिहान ६ बजेदेखि नै यात्रुहरूले निरन्तर टिकट काटिरहेका छन् ।

    दसैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या केही कम हुने अनुमान गरिएको छ । बसपार्कमा यात्रुको चाप रहेपनि विगतका वर्षहरुमा जस्तो भीड भने छैन् ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालि काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालले शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको चाप तुलनात्मक रूपमा कम देखिएको बताए । उनले शनिबार र आइतबार भने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको बताएका हुन् ।

    उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या कम हुने अनुमान गरे पनि पहिलो दिनमै यकिन तथ्यांक निकाल्न कठिन हुने बताए । आगामी दुई दिनमा यात्रुको वास्तविक चाप स्पष्ट हुने उनले बताए ।

    उनले भने, ‘त्यस्तो धेरै चाप छैन । अफिसहरू खुल्ने दिन भएकाले पनि होला त्यस्तो चाप छैन । शनिबार र आइतबार चाप अझ बढ्छ जस्तो लाग्छ ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष मान्छेहरू जानुहुन्छ जस्तो लागिरहेको छैन् । पहिलो दिनले ठ्याक्कै त्यो आँकडा निकाल्नलाई गाह्रो हुन्छ ।’

    यात्रुहरूको सुविधाका लागि टिकट अनलाइन र बसपार्कबाट प्रत्यक्ष रूपमा लिन सकिने व्यवस्था गरिएको बताएका छन् । उनले अनलाइनबाट आधा र बसपार्कमा आएर आधा यात्रुले टिकट लिने गरी व्यवस्थापन गरिएको बताए ।

    भुषालका अनुसार यात्रुको चापअनुसार तीनदेखि चार जना कर्मचारी परिचालन गरेर टिकट बिक्री भइरहेको छ । आवश्यकताअनुसार थप सवारीसाधनको व्यवस्था गरिँदै गएको र आगामी दिनमा पनि यात्रुको चाप हेरेर गाडी थपिने उनले बताए ।

    उनले गोंगबु बसपार्कभित्र सवारीसाधनको अभाव नरहेको बताए । बसपार्कभित्र अनधिकृत रूपमा टिकट बिक्री गर्ने वा यात्रुलाई अन्यत्र पठाउने अवस्था नरहेको र प्रहरी प्रशासनको निगरानीसमेत कडा रहेको उनले बताए ।

    यात्रुको चाप कुन रुटमा बढी छ भन्ने विषय शुक्रबारदेखि स्पष्ट हुँदै जाने र सोहीअनुसार सवारीसाधन थपेर यात्रुलाई सहज यात्रा गराउने उनले बताए ।

    यसैगरी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका दुर्घटना तथा डायल इन्चार्जले दसैँमा घर फर्किने यात्रुको चाप बढे पनि विगतका वर्षको तुलनामा यसपटक दाङतर्फको यातायात व्यवस्थापन केही सहज र व्यवस्थित भएको बताए ।

    उनका अनुसार विगतका वर्षमा लामो समयसम्म सडक तथा यातायात व्यवस्थापनमा समस्या हुने गरेपनि यसपटक छोटो अवधिमा यात्रुको चाप बढेकाले केही भीडभाड भए पनि यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।

    उनले यात्रुलाई लाइनमा राख्न तथा व्यवस्थापनमा सहयोग पु¥याउन स्वयंसेवकसमेत परिचालन गरिएको बताए ।

    लोत्से बहुउद्देश्यीय संस्थाका महाप्रबन्धक पंकज मल्लको निर्देशनअनुसार असोज २६ गतेदेखि दाङतर्फ जाने बसहरू दिउँसो १२ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

    उनले दसैँको अवसरमा टिकटको भाडा वृद्धि नगरिएको पनि बताए । राज्यले तोकेको भाडादरभन्दा बढी रकम नलिएको भन्दै उनले यात्रुसँग तोकिएकोभन्दा एक रुपैयाँ पनि बढी नलिन यातायात व्यवसायी प्रतिबद्ध रहेको बताए ।

    केही साताअघि आएको बाढीपहिरो तथा वर्षाका कारण सडक अवरुद्ध हुने र गाडी काठमाडौंसम्म आइपुग्न नसक्ने अवस्था सिर्जना भएपछि यातायात सञ्चालनमा समस्या भएको उनले बताए । अहिले मौसम सफा भएसँगै सडक तथा यातायात सञ्चालनमा सुधार आएको उनले बताए ।

    उनका अनुसार अहिले दाङबाट छुटेका गाडीहरू बिहान करिब ६ बजे काठमाडौं आइपुगिरहेका छन् भने काठमाडौंबाट छुटेका गाडीहरू पनि निर्धारित समयमा गन्तव्यतर्फ पुगिरहेका छन् । उनले बाढीपहिरोका कारण यसअघि भएको ढिलाइको मुख्य कारण सडकको अवस्था रहेको बताए ।

    यात्रुको चापलाई ध्यानमा राखेर तत्काल नयाँ गाडीको ‘क्यु’ थप नगरिएको भए पनि आवश्यकता परे थप बस सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । यात्रुको चाप अत्यधिक बढेमा संस्थाका पदाधिकारीसँग समन्वय गरी थप बस सञ्चालन गरिने उनले बताए ।

    के भन्छन् यात्रुहरु ?

    विगतका वर्षमा टिकट पाउन समस्या हुने गरेको भए पनि यसपटक भने केही सहज भएको यात्रुहरूले बताएका छन् ।

    कालिकोटका कसम विकले यसपटक टिकट बुकिङ तथा यात्रु व्यवस्थापन विगतको तुलनामा सहज रहेको बताए । उनले विगतमा दसैँको समयमा बसमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरिएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए ।

    उनले यसपटक लामो दूरीका बसको भाडा भने केही महँगो भएको गुनासो गरे । उनले विगतमा करिब २ हजार २०० देखि २ हजार ५०० रुपैयाँमा यात्रा गरेकोमा अहिले करिब ३ हजार १०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

    उनले सरकारले दसैँको समयमा यात्रुलाई राहत हुने गरी सार्वजनिक यातायातको भाडादर घटाउन पहल गर्नुपर्ने बताए ।

    यस्तै, प्युठानका सुमन थापाले विगतमा प्युठान जाने टिकट पाउन निकै कठिन हुने गरेको भए पनि यसपटक दाङसम्मको टिकट सहजै पाएको बताए ।

    उनले विगत बर्षका दसैँ समयमा प्युठान जाने यात्रुको एउटै सिटको दोहोरो टिकट काटिने समस्या समेत हुने गरेको उल्लेख गरे । टिकट नपाएपछि दाङसम्मको बस चढेर त्यहाँबाट भालुवाङ हुँदै प्युठान जानुपर्ने अवस्था रहेको उनले बताए ।

    यसपटक भने दाङ जाने टिकट सहज रूपमा पाएको उनले बताए । दाङबाट प्युठान जाने व्यवस्था मिलाउन सकिने भएकाले पनि यसपटक घर फर्किन केही सहज भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मलेसियामा न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्‍याउने घोषणा, नेपाली श्रमिकलाई लाभ हुने

    हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

    दशैंका लागि सजाइयो राजदेवी मन्दि

    पोखरा स्कुल बस दुर्घटना अपडेट: पाँच जनामध्ये चारको सनाखत

    मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

    बाला त्रिपुरासुन्दरी : रोचक किंवदन्ती, रमाइलो धार्मिक गन्तब्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मलेसियामा न्यूनतम मासिक तलब २ हजार रिंगिट पुर्‍याउने…

    हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो,…

    बूढानीलकण्ठबाट बरामद सुनको मूल्य साढे ५४ करोडभन्दा बढी

    दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    आर्थिक

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

    माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑