सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। यद्यपि, उनले इरानमाथि लगाइएको नाकाबन्दी भने कायमै रहने स्पष्ट पारेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्दै निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन्।
उनले लेखेका छन्, “अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि समयमा इरानमाथि आक्रमण गर्ने छैनौँ।”
आक्रमण नगर्ने घोषणा गरे पनि इरानमाथिको नाकाबन्दी नहटाइने ट्रम्पले स्पष्ट पारेका छन्। साथै, इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने आफ्नो अडानसमेत उनले दोहोर्याएका छन्।
ट्रम्पले स्ट्रेट अफ होर्मुज हुँदै ठूलो परिमाणमा तेल ढुवानी भइरहेको दाबी पनि गरेका छन्। उनका अनुसार एकै रातमा उक्त समुद्री मार्गबाट २ करोड २० लाख ब्यारेल तेल पार भएको थियो।
यसअघि सन् २०२६ फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँग मिलेर ‘अपरेसन फ्युरी’ अन्तर्गत इरानमाथि आक्रमण गरेको विवरण सार्वजनिक भएको थियो। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित वरिष्ठ अधिकारीहरू मारिएको विवरणसमेत सार्वजनिक भएको थियो।
त्यसयता अमेरिका–इजरायल र इरानबीच तनाव कायम रहँदै आएको छ। यसले इरान र ओमानबीच अवस्थित रणनीतिक समुद्री मार्ग स्ट्रेट अफ होर्मुज हुँदै हुने इन्धन ढुवानीमा समेत प्रभाव पारेको छ।
विश्वको तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा अवरोध उत्पन्न हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पर्न सक्छ। यस्तो अवस्थामा ट्रम्पको पछिल्लो घोषणाले सैन्य तनाव तत्काल थप बढ्न नदिने संकेत दिए पनि इरानमाथिको नाकाबन्दी कायम रहने भएकाले दुई देशबीचको विवाद पूर्ण रूपमा समाधान भएको भने देखिँदैन।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा