सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आकर्षक तलबसहित जापान पठाइदिने प्रलोभन देखाएर १५ जनाबाट १ करोड १ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने २६ वर्षीय दीपबहादुर तामाङलाई सोमबार पक्राउ गरिएको हो ।
उनी रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का स्थायी बासिन्दा तथा निम एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक हुन् ।
जापान पठाइदिने भन्दै तामाङले १५ जना पीडितबाट १ करोड १ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा