• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

      विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

      बालेनले गरे सांसदहरुको बर्गिकरण, इन्जिनियरहरु एक्स्ट्रा अर्डिनरी

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

      नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सुनसरी क्षेत्र नं. ४ मा निर्वाचनका क्रममा विवाद, निर्वाचन प्रक्रिया स्थगित 

      पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

      अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरियो, दुई दशक लामो सैन्य उपस्थिति अन्त्य

    होमपेज /  समाचार

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १४, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई विद्यमान कानुनी व्यवस्थासँग स्पष्ट रूपमा जोडेर अन्तिम रूप दिन निर्देशन दिएकी छन् ।

    मंगलबार बसेको समिति बैठकमा उनले कैद माफी, लगत कट्टा, आममाफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापनलगायतका विषयमा नयाँ व्यवस्था सिर्जना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने बताइन् ।

    तीन वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउनेसम्बन्धी सुझावमा ‘कम्युनिटी सर्भिस’ र ‘श्रम कैद’लाई एउटै अर्थमा प्रयोग नगर्न उनले निर्देशन दिइन् । ‘कम्युनिटी सर्भिस छुट्टै शब्द हो, त्यसलाई श्रम कैद नभनौँ । शारीरिक श्रमसम्बन्धी जुन ऐन छ, त्यसलाई नै कोट गरेर गरौँ । हामीले यहाँ एक्स्ट्रा केही भनेको होइन, ऐन अलरेडी बनेकै छ,’ उनले भनिन् ।

    बास्कोटाले कैद माफी तथा आममाफीको विषयमा मुलुकी अपराध संहिताको दफा १५९ र लगत कट्टाको विषयमा दफा १६० लाई प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकका हक तथा अन्य सम्बन्धित कानुनी व्यवस्थासमेत खोजी गरी प्रतिवेदनमा समेट्न उनले समिति सचिवालयलाई निर्देशन दिइन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको उल्लेख गर्दै उनले विद्यमान कानुनी व्यवस्थाभित्रैबाट त्यसलाई सहजीकरण गर्ने उपाय खोज्नुपर्ने बताइन् ।

    बैठकमा निःशुल्क कानुनी सहायता तथा ‘प्रो बोनो सर्भिस’को विषयमा समेत छलफल भएको थियो । बास्कोटाले कानुन व्यवसायीले निश्चित समय निःशुल्क कानुनी सेवा दिनुपर्ने विषयलाई मापदण्डसहित समितिको सुझावमा समेट्नुपर्ने बताइन् ।

    सहकारी ठगीलगायत आर्थिक तथा वित्तीय अपराधका पीडितको रकम फिर्तालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन् । त्यसका लागि कानुनी दायराभित्र रहेर सम्पत्ति जफतलगायतका विकल्प खोज्नुपर्ने उनको भनाइ थियो ।

    जेन्जी आन्दोलनसँग सम्बन्धित विषयमा प्रतिवेदन तयार गर्दा समितिका सबै सदस्यले दिएका सुझावलाई समग्रतामा समेटिएको बास्कोटाले बताइन् । उनले आन्दोलनसँग सम्बन्धित विषयमा व्यक्तिगत रूपमा कसैलाई लक्षित नगरी संविधान, नेपाल राजपत्रमा प्रकाशित सम्झौता तथा सम्बन्धित कानुनी दस्तावेजलाई आधार बनाएर प्रतिवेदन तयार गर्नुपर्ने बताइन् । ‘जेन्जी मुद्दा हुनेबित्तिकै यो मेरो मात्र हो भन्ने होइन । यो सरकारको हो, यो राज्यको दायित्व हो । हामीले बोल्ने र प्रयोग गर्ने भाषामा पनि सचेत हुनुपर्छ,’ उनले भनिन् ।

    भदौ २३ र २४ गतेका घटनाको अनुसन्धानसम्बन्धी विषयमा राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण फौजदारी अनुसन्धान वा अभियोजन नगरिने तथा गम्भीर वा जघन्य अपराधमा संलग्न व्यक्तिका हकमा छुट्टै प्रक्रिया हुने व्यवस्था प्रतिवेदनमा समेटिएको उनले स्पष्ट पारिन् ।

    बास्कोटाले संविधान, सम्बन्धित ऐन, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज तथा नेल्सन मण्डेलाका सिद्धान्तलगायतका विषय उल्लेख गर्दा कुन प्रावधान लागू हुने हो भन्ने स्पष्ट खुलाउन समिति सचिवालयलाई निर्देशन दिइन् । समितिको प्रतिवेदनलाई सबै सदस्यका सुझाव समेटिएको दस्तावेजका रूपमा तयार गर्नुपर्ने भन्दै उनले अन्तिम रूप दिनुअघि कानुनी तथा भाषिक पक्षको पुनरावलोकन गर्न आग्रह गरिन् ।

    बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा पारित गर्ने कार्यसूचीमा छलफल भएको थियो ।

    त्यसैगरी, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ र बाल सुधारगृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने विषयमा समेत छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न…

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी…

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    आर्थिक

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑