• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

      विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

      बालेनले गरे सांसदहरुको बर्गिकरण, इन्जिनियरहरु एक्स्ट्रा अर्डिनरी

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

      नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सुनसरी क्षेत्र नं. ४ मा निर्वाचनका क्रममा विवाद, निर्वाचन प्रक्रिया स्थगित 

      पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

      अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरियो, दुई दशक लामो सैन्य उपस्थिति अन्त्य

    होमपेज /  समाचार

    बाढीले ऊर्जा सुरक्षामै प्रश्न उठायो, लगानीकर्ताको विश्वास जोगाउन घिसिङको जोड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १४, बुधबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढी र केही दिनअघिको अविरल वर्षाका कारण भएको मानवीय तथा भौतिक क्षतिले नेपालको ऊर्जा सुरक्षा र विकास यात्रामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्राकृतिक विपद्का कारण विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गरेका हुन् । विशेषगरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षतिप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

    उनले त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले जलविद्युत् आयोजनाको भविष्य तथा लगानी सुरक्षाबारे गम्भीर प्रश्न उठाएको बताएका छन् । उनका अनुसार यस अवस्थाले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएको छ ।

    उनले भने, ‘विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको संकट मात्र होइन, आगामी दिनको ऊर्जा सुरक्षा र विकासको यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’

    घिसिङले विपद्का कारण आफ्नो थातथलो र सम्पत्ति गुमाएका नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरकारको उपस्थिति अझ प्रभावकारी र देखिने गरी हुनुपर्ने बताएका छन् । जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई असुरक्षित र कष्टपूर्ण अवस्थामा राख्न नहुने उनको भनाइ छ ।

    उनले विस्थापित नागरिकका लागि तत्काल सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण मात्र पर्याप्त नहुने भन्दै उनले विपद्का कारण प्रभावित आयोजनालाई पुनः सञ्चालनमा ल्याउने, लगानीकर्ताको विश्वास कायम राख्ने र भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति आवश्यक रहेको पनि बताए ।

    उनले त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उल्लेख गरेका छन् । आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै तत्काल पुनस्र्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।

    लोडसेडिङ नहुने घोषणा मात्र पर्याप्त नहुने भन्दै उनले विद्युत् आपूर्ति नियमित राख्न अहिलेबाटै आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनका ठोस काम सुरु गर्नुपर्ने बताए ।

    उनले भने, ‘लोडसेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त हुँदैन। लोडसेडिङ नहोस् भन्न आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ।’

    उनले संकटको समयमा स–साना विषयमा अल्झिनुभन्दा देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन र क्षतिग्रस्त पूर्वाधारको पुनस्र्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    अध्यक्ष घिसिङले सरकारसमक्ष चारवटा प्रमुख मागसमेत अघि सारेका छन् । उनका अनुसार विस्थापित नागरिकलाई तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्नुपर्ने, क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधार शीघ्र पुनस्र्थापना गर्नुपर्ने, त्रिशूली र कालीगण्डकी करिडोरको विद्युत् प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्नुपर्ने तथा स्वदेशी र विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना र आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्ने आवश्यकता छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न…

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी…

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    आर्थिक

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑