• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

      विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

      बालेनले गरे सांसदहरुको बर्गिकरण, इन्जिनियरहरु एक्स्ट्रा अर्डिनरी

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

      नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सुनसरी क्षेत्र नं. ४ मा निर्वाचनका क्रममा विवाद, निर्वाचन प्रक्रिया स्थगित 

      पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

      अमेरिकी सेना इराकबाट पूर्ण रूपमा बाहिरियो, दुई दशक लामो सैन्य उपस्थिति अन्त्य

    होमपेज /  समाचार

    बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १३, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताएका छन्।

    उनका अनुसार विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिन्छ । स्ट्रेप्टोकोकस नामक ब्याक्टेरियाका कारण घाँटीमा संक्रमण भएर टन्सिल बढ्ने तथा पाक्ने समस्या देखिनसक्ने भन्दै उनले समयमै उचित उपचार गर्नुपर्ने बताए ।

    ‘टन्सिल पाक्ने रोग अर्थात टन्सिलाइटिस वा घाँटीमा इन्फेक्सन हुने समस्या जुन छ त्यो एक प्रकारको ब्याक्टेरिया स्ट्रेप्टोकोकस हो । त्यसले घाँटीमा इन्फेक्सन गरायो, टन्सिल बढ्यो, टन्सिल पाक्या भने त्यस्तो बेलामा उपचार गरिएन, नुनपानी, बेसारपानी, सिटामोलमा मात्र भर परियो भने समस्या बल्झिरहन सक्छ,’ उनले भने ।

    डा. रेग्मीका अनुसार पटक–पटक टन्सिलको संक्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुग्न सक्छ । यस्तो अवस्थामा मुटुको भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसलाई ‘बाथ मुटुको रोग’ भनिने उनले बताए।

    ‘टन्सिल पाक्ने वा बढ्ने समस्या फर्कीफर्की आयो भने बालबालिकाहरूलाई असर गर्छ । विशेषगरी ५ देखि १५–२० वर्षसम्म उमेरका स्कुल वा कलेज जाने उमेरका बच्चाहरुलाई टन्सिलबाट मुटुमा असर गर्नसक्छ । मुटुको भल्भ बिग्रिन सक्छ । यसलाई बाथ मुटुको रोग भनेर भनिन्छ’, उनले भने।

    नेपालमा बाथ मुटुको रोग ठूलो समस्या रहेको उल्लेख गर्दै उनले यसबारे जनचेतनाको अझै कमी रहेको बताए । टन्सिलको संक्रमण हुँदा घरमै नुनपानी, बेसारपानी वा सिटामोल मात्रै खाएर बस्न नहुने उनको भनाइ छ ।

    उनले भने,‘घाँटीको टन्सिल पाक्दाखेरि उपचार गरेन भने मुटुको रोग लाग्न सक्छ । एन्टिबायोटिकमार्फत उपचार गर्नुपर्छ, चिकित्सककहाँ जानुपर्छ । घरमा बसेर नुनपानी खाएर, सिटामोल मात्रै खाएर उपचार गर्नुहुन्न।’

    उनले टन्सिलको संक्रमण बारम्बार दोहोरिने बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरे। घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने र ज्वरो आउनेजस्ता लक्षण देखिए चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनको सुझाव छ।

    डा. रेग्मीका अनुसार टन्सिलको संक्रमणपछि बाथ मुटुको रोग सिधै मुटुमा पुग्दैन। सुरुमा जोर्नीमा असर गर्ने र त्यसपछि मुटुमा समस्या निम्तिन सक्ने उनले बताए ।

    ‘मुटुमा जानुभन्दा अगाडि जोर्नीमा जान्छ । जोर्नीहरू दुख्ने, सुन्निने हुन्छ, जसलाई हामी बाथ ज्वरो भनेर भन्छौँ,’ उनले भने, ‘स्कुल जाने उमेरका बालबालिकालाई घाँटी दुख्ने अनि साथसाथै त्यसको केही समयपछि जोर्नीहरू दुख्ने, सुन्निने, ज्वरो आउने अवस्था देखियो भने चाहिँ सतर्क हुनुपर्छ ।’

    जोर्नी दुखेका कारण कतिपय बालबालिका हाडजोर्नीसम्बन्धी चिकित्सककहाँ जाने गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा मुटुको समेत परीक्षण गर्नुपर्ने बताए।

    ‘धेरैजसो जोर्नी दुख्यो भनेर बालबालिकाहरू अर्थोपेडिकमा, हाडजोर्नीकोमा गएको हामी देख्छौँ र त्यहाँ गएर हाडजोर्नीको उपचारमा जाँदा पछि मुटु धेरै बिग्रिएको हुनसक्छ,’ उनले भने, ‘त्यसैले स्कुल उमेरका बालबालिकाहरूलाई जोर्नी नै दुख्ने भयो भने पनि एकपल्ट मुटु चाहिँ जचाउनुपर्छ ।’

    समयमै रोग पहिचान गर्न सके मुटुलाई जोगाउन सकिने उनको भनाइ छ । तर मुटुको भल्भ बिग्रिएपछि त्यसलाई पुनः सामान्य अवस्थामा फर्काउन कठिन हुने र गम्भीर अवस्थामा भल्भ नै फेर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

    उनका अनुसार २० वर्षभन्दा कम उमेरका बालबालिकामा टन्सिलको संक्रमणपछि बाथ मुटुको रोग हुने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ। २० वर्षभन्दा माथि यस्तो समस्या हुने सम्भावना कम हुने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न…

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी…

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    आर्थिक

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑