सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका पदमा उम्मेदवारी दिन लाग्ने शुल्क निर्धारण गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको ‘निर्वाचन निर्देशिका, २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारका लागि मनोनयन दस्तुर तोकिएको हो।
निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेश तहमा कति शुल्क?
प्रदेश कार्यसमितिको सभापति पदका लागि २० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
जिल्ला तहमा
जिल्ला कार्यसमितिको सभापतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार र जिल्ला सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क लाग्नेछ।
क्षेत्रीय तथा प्रतिनिधि तह
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति तथा सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार र क्षेत्रीय सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार र महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति तथा सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार र सदस्यका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ।
वडा तहमा सबैभन्दा कम शुल्क
वडा कार्यसमितिको सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ७ सय रुपैयाँ तथा वडा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। यसअनुसार निर्देशिकामा तोकिएको शुल्कमध्ये सबैभन्दा कम ५ सय र सबैभन्दा बढी ४० हजार रुपैयाँ रहेको छ।
सभापतिका लागि १० प्रस्तावक र १० समर्थक
निर्देशिकाले उम्मेदवारी दर्ताका क्रममा आवश्यक पर्ने प्रस्तावक र समर्थकको व्यवस्थासमेत गरेको छ। केन्द्रीय सभापतिका उम्मेदवारका लागि १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
डिजिटल प्रणालीमा पनि जोड
कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन उम्मेदवारी शुल्क भुक्तानीमा क्यूआर कोड, डिजिटल मतदाता नामावली तथा निर्वाचन परिणाम वेबसाइटमा प्रविष्ट गर्नेलगायत व्यवस्था गरेको छ। निर्वाचन आचारसंहितामा प्रचारप्रसारका क्रममा जुलुस, कोणसभा तथा सार्वजनिक स्थलमा होहल्ला गर्नेलगायत गतिविधिमा समेत प्रतिबन्ध राखिएको छ।
यसैबीच, केही स्थानमा निर्देशिकाले तोकेको भन्दा बढी मनोनयन शुल्क लिइएको गुनासो आएपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्धारित शुल्कभन्दा बढी रकम नलिन सम्बन्धित निर्वाचन समितिहरूलाई निर्देशन दिएको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा