सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मुक्तिनाथ विकास बैंक र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका गण्डकी रिजन प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार बैंकले बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल तथा इनभ्वाइस मूल्यको अधिकतम ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ।
त्यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा कर्जा मूल्यांकन तथा बैंकको प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त सहकार्यले निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न सहज वित्तीय पहुँच उपलब्ध गराउन सहयोग पुग्नेछ। यसबाट निर्माण व्यवसायीले बुल मेसिन खरिदका लागि आवश्यक लगानी व्यवस्थापन गर्न थप सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा