सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ असोज । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशतभन्दा बढी पुगेको हो।
कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बाह्य ऋण दायित्व १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
जिडिपीको अनुपातमा हेर्दा आन्तरिक ऋण दायित्व २० दशमलव ६३ प्रतिशत र बाह्य ऋण दायित्व २४ दशमलव ४१ प्रतिशत रहेको छ। यस आधारमा सरकारको कुल सार्वजनिक ऋण जिडिपीको करिब ४५ दशमलव ४ प्रतिशत पुगेको देखिन्छ।
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर, भदौ मसान्तसम्ममा ६१ अर्ब पाँच करोड रुपैयाँ ऋण प्राप्त भइसकेको कार्यालयले जनाएको छ। यो वार्षिक लक्ष्यको ९ दशमलव २८ प्रतिशत हो।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिकतर्फ चार खर्ब १० अर्ब रुपैयाँ र बाह्यतर्फ दुई खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। भदौ मसान्तसम्ममा आन्तरिकतर्फ ५० अर्ब रुपैयाँ र बाह्यतर्फ ११ अर्ब पाँच करोड रुपैयाँ ऋण प्राप्त भएको छ।
यस अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरेको छ। चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा र ब्याज तिर्न चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसमध्ये भदौ मसान्तसम्ममा ८५ अर्ब एक करोड छ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेट विनियोजनको २० दशमलव ३४ प्रतिशत हो।
कार्यालयका अनुसार भदौ मसान्तसम्ममा कुल गार्हस्थ्य उत्पादनको आधारमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा भएको खर्च १ दशमलव २९ प्रतिशत बराबर रहेको छ। पछिल्लो तथ्यांकले सरकारको ऋण दायित्वसँगै ऋणको साँवा तथा ब्याज भुक्तानीमा हुने खर्चसमेत उल्लेख्य रहेको देखाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा