सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गायिका एलिना चौहानले व्यवसायमा पाइला चालेको दुई महिनामै पसलको स्थान परिवर्तन गर्नुपरेको बताएकी छन्। उनले मंगलबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै ‘रमणी’ सञ्चालनमा आएको दुई–तीन दिनमै घर खाली गर्न भनिएको जानकारी दिएकी हुन्।
एलिनाका अनुसार घरभेटी परिवर्तन भएपछि नयाँ घरधनीले उक्त घर भाडामा नदिने भन्दै पसल हटाउन आग्रह गरेका थिए। व्यवसाय सुरु गरेको केही दिनमै यस्तो अवस्था आएपछि आफू निकै दुःखी भएको उनले बताएकी छन्।
‘मैले रमणी खोलेको दुई–तीन दिनमै पसल हटाउन भन्नुभयो। किनकि घर अर्कैले लिनुभएछ। घर अर्कैले लिएपछि हामी अब कसैलाई नदिने भनेर खाली गरिदिन भन्नुभयो,’ उनले भिडियोमा भनेकी छन्।
तर, आफूले व्यवसायबाट पछि नहट्ने निर्णय गर्दै केही समय मागेको र घरधनीले पनि समय दिएको उनले बताइन्। त्यसपछि नयाँ स्थानमा ‘रमणी’ सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ।
एलिनाले आफू अहिले पनि गीतसंगीतमा सक्रिय रहे पनि आफ्नो मुख्य सपना व्यवसाय ‘रमणी’लाई अगाडि बढाउनु रहेको बताएकी छन्। दर्शक तथा शुभेच्छुकको माया र साथले व्यवसायलाई थप अघि बढाउन हौसला मिल्ने उनले विश्वास व्यक्त गरेकी छन्।
उनका अनुसार नयाँ ‘रमणी’ मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलअगाडि सञ्चालनको तयारीमा छ। आगामी ९–१० दिनभित्र नयाँ भवनबाट सेवा सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिएकी छन्।
नयाँ स्थानमा पनि ग्राहक, दर्शक तथा शुभेच्छुकबाट विगतझैं माया र सहयोग पाउने विश्वास एलिनाले व्यक्त गरेकी छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा