• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा हुने

      भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग उच्चस्तरीय छलफल

      युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

      नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

      देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

      मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

      स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ :मन्त्री यादव

      एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर खाली गर्न निर्देशन

      कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

      मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

      सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

      विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

      विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

      अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

      भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

    होमपेज /  मुख्य समाचार

    स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ :मन्त्री यादव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ७, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८ पटक पढिएको
  • काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।

    बुधबार मन्त्रालयमा आयोजित सीप तथा रोजगार मेला २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीचको ‘मिसम्याच’ हटाउन सरकारले एकीकृत प्लेटफर्म निर्माण गरेको बताए।

    उनले भने, ‘रोजगारदाताले कामदार भेट्दैन र कामदारले चाहिँ रोजगारदाता भेट्दैन। यी दुइटाको मिसम्याच जुन छ, यो मिसम्याचलाई चाहिँ हामीले एउटा प्लेटफर्म बनाउनुपर्छ जहाँ चाहिँ दुवैजना भेटोस् र एकअर्काको जुन पदपूर्ति हुन्छ, आवश्यकता अनुसारको पदपूर्ति गरोस् भन्ने त्यही दिनबाट अठोट गरेर यस मन्त्रालयमा काम गरिरहेको अवस्था थियो।’

    मन्त्री यादवले आन्तरिक रोजगारी उपेक्षित अवस्थामा रहेकाले त्यसलाई पुनर्जीवित गर्न सरकारले काम गरिरहेको बताए।

    उनले भने, ‘युवाहरूलाई आफ्नै देशमा अवसरको खोजी होस् भन्ने भिजनका साथ हामीले आन्तरिक रोजगारीको लागि हामीले काम गर्न सुरु गर्यौं। तर विडम्बना मैले के पाएँ भने, २०७१ सालमा राष्ट्रिय रोजगार नीति बनेको तर त्यो नीतिलाई कार्यान्वयन गर्नको लागि ऐन, नियमावली, कार्यविधि र निर्देशिका कुनै पनि छैन, नभएको अवस्था हो।’

    उनका अनुसार राष्ट्रिय रोजगार नीति २०८३ को सैद्धान्तिक सहमति विभिन्न मन्त्रालयबाट लिइसकिएको छ। उक्त नीति मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उनले बताए। राष्ट्रिय रोजगार ऐनका लागि पनि सहमति लिएर मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उनको भनाइ छ।

    मन्त्री यादवले भने, ‘साथसाथै हामीले १२ वटा फ्ल्यागसिप प्रोग्रामहरू, कार्यक्रमहरू रोजगारीका कार्यक्रमहरू हामीले यसै वर्ष लन्च गर्ने गरी पनि तयारी गरेका छौं। र यसै क्रममा चाहिँ हामीले रोजगारीको सिर्जनाका लागि चाहिँ जब म्याचिङको लागि चाहिँ हामीले सम्माननीय प्रधानमन्त्रीज्यूसामु यही वर्ष चाहिँ १ लाख व्यक्तिलाई जब म्याचिङका मार्फत चाहिँ हामी रोजगारमा जोड्ने छौं भनेर कार्यसम्पादन मूल्यांकन जुन हुन्छ, त्यो सम्झौता गरेका छौं।’

    उनले सीप तथा रोजगार मेलामार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य रहेको बताए।

    ‘यो चाहिँ एउटा युवाले त्यहाँ छिर्दै गर्दा उहाँ आफ्नो आफूभित्र भएका स्किल्सहरू, आफूभित्र भएका पोटेन्सियलहरू कुन चाहिँ रोजगारदातासँग म्याच हुन्छ, त्यो म्याच गराउने अपर्चुनिटी पाउँछ। साथसाथै मोटिभेसन पनि पाउँछ, काउन्सिलिङ पाउँछ, करिअर सर्भिसेजहरू पनि पाउँछ,’उनले भने।

    मन्त्री यादवले मेलामा एआई, ईभी रिपेयरिङ, एसी रिपेयरिङलगायत छोटो अवधिका सीपमूलक तालिमको व्यवस्था गरिने बताए।

    उनले भने, ‘त्यहीँ सम्भव, त्यहीँ ७ दिनभित्र सम्भव हुने सर्ट–टर्म कोर्सेसहरू, त्यहीँ सीप सिकाउँछौं, जस्तै एआईको कुराहरू, ईभीको कुराहरू, एसी रिपेयरको कुराहरू, बेसिक कोर्सेसहरू चाहिँ हामी त्यहीँ, इन्ट्रोडक्टरी कोर्सेसहरू त्यहीँ सिकाउँछौं।’

    मेलामा रोजगारदाताहरूले आफ्नै नीतिअनुसार कामदार छनोट गर्ने र सरकारले रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिबीच भेट गराउने प्लेटफर्म मात्र उपलब्ध गराउने उनले स्पष्ट पारे।

    मन्त्री यादवले मेलामा सहभागी उद्योग तथा व्यवसायीबाट रोजगारीका लागि हजारौँ भ्याकेन्सीको माग आएको बताए।

    ‘मोटामोटी अब संख्याको अहिलेसम्म हिसाब चाहिँ अब कलेक्सन भइनै राखेको छ, तर मलाई लाग्छ उहाँहरूको डिमान्ड ह्युज नै छ। अब त्यो कति चाहिँ कलेक्ट भा’छ, त्यसको चाहिँ जानकारी पक्कै पनि पछि दिनेछौं सबै फाइनल भइसकेपछि, तर यो हजारौंमा छ, अहिलेसम्म बुझ्दाखेरि हजारौंमा छ,’ उनले भने।

    मन्त्री यादवले सीप तथा रोजगार मेलालाई एक वर्षमा सीमित नगरी हरेक वर्ष सञ्चालन गर्ने गरी संस्थागत गरिएको पनि बताए।

    उनले सरकार एक्लैले रोजगारी सिर्जना गर्न नसक्ने भन्दै निजी क्षेत्र, गैरसरकारी संस्था र अन्य क्षेत्रको समेत सहभागिता आवश्यक रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

    राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

    विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

    महँगीबारे प्रश्न गर्दा ३५ वर्ष के गर्‍यौँ भन्ने जवाफ आउँछः नेकपा सांसद

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा…

    भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख…

    युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

    नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य…

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको…

    स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम…

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको…

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक…

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑