सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार ठगी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय कोमलराज उपाध्यायलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, पोखरीबाट पक्राउ गरिएको हो।
उपाध्याय २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। उनलाई खोजतलास गर्ने क्रममा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले २०८३ असोज ५ गते राति करिब ९:३० बजे पक्राउ गरेको जनाएको छ।
पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उपाध्यायलाई पुनः सुन्धारा केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा