सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङमा थप एक जनाको शव फेला परेको छ। नेपाली सेनाको गोताखोर टोलीले सुरुङभित्र १३० मिटर प्रवेश गरी थप एक जनाको शव निकालेको हो।
बुधबार गोताखोर टोलीले तीन जनाको शव र एउटा मानव अङ्ग फेला पारेको थियो। पछिल्लो शवसँगै चिलिमे हाइड्रोपावरको सुरुङबाट भेटिएका शवको संख्या चार पुगेको छ। यस्तै, एक जनाको खुट्टाको भागसमेत फेला परेको सेनाले जनाएको छ।
यसअघि भदौ १३ गते सुरुङको मुखबाट सेनाले एक जनाको शव र एउटा मानव अङ्ग निकालेको थियो।
भदौ १० गते चीनको ल्हेन्दे खोलाबाट आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ती आयोजनाका सुरुङमा मानिसहरू फसेका छन्।
नेपाली सेनाको नेतृत्वमा हाल ६ वटा जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा